नेपालले भारतलाई ८६ मेगावाट बिजुली बेच्ने, पावर एक्सचेन्जमार्फत बिक्री हुने
नेपाल के ऊर्जा मंत्री विराज भक्त श्रेष्ठ


काठमाडौं, 0१ अक्टोबर (हि.स.)। नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बिक्री गर्ने निर्णय गरेको छ। देशमा खपतपछि बाँकी रहने अतिरिक्त बिजुली भारतीय विद्युत् व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा बिक्री गरिनेछ।

प्राधिकरण सञ्चालक समितिका सदस्य अंशुकिरण शाहीले यससम्बन्धमा विद्युत् खरिद-बिक्री सम्झौताको मस्यौदा स्वीकृत गरी सम्झौता गर्न नियामक आयोगसँग परामर्श लिने निर्णय गरिएको जानकारी दिए।

विद्युत् नियमन आयोगले बैठक बसेर उक्त प्रस्तावमा सहमति दिने निर्णय गरेको थियो। आयोगको निर्णयबारे ८ भदौमा जानकारी प्राप्त भएपछि प्राधिकरणले ३ असोजमा बिजुली बिक्री गर्ने निर्णय गर्दै विद्युत् खरिद-बिक्री सम्झौताको मस्यौदा स्वीकृत गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले १ नोभेम्बर, २०२६ देखि ३१ मई, २०२९ सम्म भारतको पावर एक्सचेन्जमार्फत भारतीय विद्युत् बजारमा ८५.६ मेगावाट बिजुली बिक्री गर्ने प्रस्ताव सिफारिस गरेका थिए। भविष्यमा दुवै पक्षको आपसी सहमतिमा बिजुलीको मात्रा बढाउन सकिनेछ। प्राधिकरण सञ्चालक समितिले कार्यकारी निर्देशक श्रेष्ठको सिफारिसअनुसार प्रस्ताव स्वीकृत गरेको हो।

सञ्चालक समितिका अध्यक्ष तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुली बिक्रीसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्। उनले विद्युत् खरिद-बिक्री सम्झौतामा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई अधिकारसमेत दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande