प्रधानमन्त्री मोदीको सुभाषितममा निरन्तर प्रयासरत रहन आह्वान
प्रधानमंत्री नरेन्द्र मोदी की एक्स पोस्ट।


नयाँ दिल्ली, 0१ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले दैनिक रूपमा गर्दै आएझैँ बिहिबार बिहान ‘एक्स’ मार्फत सुभाषितम् अन्तर्गत महान् कवि भर्तृहरिको कृति ‘नीतिशतकम्’ को एउटा श्लोक साझा गरेका छन्। प्रधानमन्त्रीले उक्त श्लोकको उदाहरण दिँदै मानिसहरूलाई निरन्तर प्रयासरत रहन आह्वान गरेका छन्।

उक्त श्लोकमा भनिएको छ, 'रत्नैर्महाब्धेस्तुतुषुर्न देवा न भेजिरे भीमविषेण भीतिम्। सुधां विना न प्रययुर्विरामं न निश्चितार्थाद्विरमन्ति धीराः॥'

प्रधानमन्त्रीको पोस्टमा यसको अर्थ यसरी दिइएको छ, “जसरी देवताहरूले समुद्रबाट रत्न प्राप्त गरेपछि पनि अमृत प्राप्तिका लागि निरन्तर प्रयास गरिरहे, त्यसैगरी धैर्यवान् र दृढनिश्चयी व्यक्तिहरू आफ्नो निर्धारित लक्ष्य प्राप्त नभएसम्म निरन्तर प्रयासरत रहन्छन्।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande