राष्ट्रिय स्वयंसेवक संघद्वारा क्याप्टेन स्मित मछारको असाधारण साहसलाई सलाम
राष्ट्रीय स्वयंसेवक संघ की एक्स पोस्ट।


नयाँ दिल्ली, 0१ अक्टोबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का अखिल भारतीय प्रचार प्रमुख सुनील आंबेकरले क्याप्टेन स्मित मछारको प्रशंसा गर्दै उनको असाधारण साहसलाई सलाम गरेका छन्। उल्लेखनीय छ, क्याप्टेन मछार गत दिवस दुबईबाट इजरायलको तेल अवीवतर्फ जाँदै गरेको फ्लाईदुबईको विमानमा भएको घटनापछि चर्चाको केन्द्रमा छन्। उक्त घटनामा क्याप्टेन स्मित मछार नायकका रूपमा अगाडि आएका छन्।

राष्ट्रिय स्वयंसेवक संघको आधिकारिक ‘एक्स’ ह्यान्डलमा आंबेकरले भनेका छन्, “उनले आफ्नो कर्तव्यभन्दा अघि बढेर १७० भन्दा बढी मानिसको ज्यान बचाउन सहयोग गरे। उनी सच्चा नायक हुन् र पूरा देशले उनको बहादुरी तथा समयमै गरिएको कारबाहीप्रति गर्व गरेको छ। उनको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु।”

महत्त्वपूर्ण कुरा के छ भने फ्लाईदुबईको उडानमा ओमानका सहचालकले मछारमाथि चक्कुले आक्रमण गर्नुका साथै विमानलाई दुर्घटनाग्रस्त गराउने प्रयास गरेका थिए। घाइते अवस्थामा समेत मछारले बहादुरी र सुझबुझ देखाउँदै विमानलाई दुर्घटनाबाट जोगाएर सुरक्षित अवतरण गराएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande