केन्द्रिय मन्त्रीको विपक्षमाथि कटाक्ष : व्यवस्था अवरुद्ध गर्ने राजनीति देशहितमा छैन
jodhpur


जोधपुर, १० अक्टोबर (हि.स.)। केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले श्रीमद्भगवद्गीताको श्लोक ‘परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्, धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ मार्फत धर्म, मर्यादा र व्यवस्थाको रक्षाको सन्देश दिँदै भारतीय संस्कृतिमा धर्मको अर्थ केवल पूजापद्धति मात्र नभई न्याय, कर्तव्य, लोककल्याण र व्यवस्थाको रक्षा पनि रहेको बताएका छन्।

शेखावतले शनिवार जारी गरेको एक बयानमा महर्षि विश्वामित्रको यज्ञमा राक्षसहरूले बाधा पुर्याउन थालेपछि भगवान् श्रीरामले अगाड़ी बढ़ेर धर्मको रक्षा गरेको प्रसङ्ग उल्लेख गरे। यस प्रसङ्गले कुनै शक्तिले व्यवस्था र लोककल्याणको मार्गमा बाधा पुर्याउँदा त्यसको दृढ़तापूर्वक सामना गर्नु आवश्यक रहेको स्पष्ट पार्ने उनले बताए। धर्मको रक्षा गर्नुको अर्थ अन्याय र अव्यवस्था सामू आत्मसमर्पण गर्नु नभई मर्यादा र कर्तव्यको पालना गर्दै त्यसको प्रतिकार गर्नु रहेको उनको भनाइ थियो। राहुल गान्धी र कांग्रेसको राजनीतिको आलोचना गर्दै शेखावतले लोकतन्त्रमा जनताको जनादेश सर्वोपरि हुने बताए।

उनले भने कि राजनीतिक विरोध लोकतन्त्रको स्वाभाविक हिस्सा हो, तर विरोधका नाममा व्यवस्था अवरुद्ध गर्ने र जनादेशको अवहेलना गर्ने प्रवृत्ति लोकतान्त्रिक मर्यादाअनुकूल हुन सक्दैन। विपक्षको भूमिका विरोध गर्नुमा मात्र सीमित नभई जनता सामू वैकल्पिक नीति र समाधान प्रस्तुत गर्नु पनि रहेको उनले बताए।

विपक्षले लोकतन्त्रमा राजनीतिक महत्त्वाकाङ्क्षाभन्दा जनताको निर्णय माथि रहने कुरा बुझ्नुपर्ने शेखावतले बताए। देशका जनताले विकास, सुशासन र स्थिरता चाहेको उल्लेख गर्दै उनले राजनीतिको केन्द्रमा राष्ट्रहित र जनकल्याण हुनुपर्ने बताए। हरेक विषयमा टकरावको अवस्था सिर्जना गर्नु राजनीतिको उद्देश्य हुन नहुने उनको भनाइ थियो।

विपक्षको नकारात्मक राजनीतिको आलोचना गर्दै शेखावतले देशलाई यस्तो राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताए, जहाँ विचारहरूको संघर्ष होस्, तर राष्ट्रिय हितसँग सम्झौता नहोस्। मतभेद भए पनि लोकतान्त्रिक संस्था र जनादेशप्रति सम्मान कायम रहनुपर्ने उनले बताए। विरोधका लागि मात्र विरोध गर्दा न देशको भलो हुने न जनताका समस्याको समाधान निस्कने उनले उल्लेख गरे।

केन्द्रिय मन्त्रीले भारतीय संस्कृतिको सन्देश स्पष्ट रहेको बताए। उनी अनुसार, धर्मको स्थापना, अन्यायको प्रतिकार र लोककल्याणका लागि कर्तव्यपालना गर्नु नै भारतीय संस्कृतिको मूल भावना हो। यही भावनाअनुरूप लोकतान्त्रिक व्यवस्थामा पनि प्रत्येक राजनीतिक दलले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए। जनताको विश्वास र जनादेश नै लोकतन्त्रको वास्तविक शक्ति भएको उल्लेख गर्दै त्यसको सम्मान गर्नु प्रत्येक राजनीतिक दलको दायित्व रहेको शेखावतले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande