सीजेपीका तीन नेतालाई रिहा गर्न मजिस्ट्रेटको आदेश
सांकेतिक


नयाँ दिल्ली, ११ अक्टोबर (हि.स.)। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै १० अक्टोबरमा दिल्लीमा आयोजित प्रदर्शनमा सहभागी हुन आउँदै गरेका ककरोच जनता पार्टी (सीजेपी) का तीन नेता अभिजीत दीपके, सौरभ दास र आशुतोष राङ्का सहित पार्टीकी कानूनी प्रमुख रत्ना सिंहलाई रिहा गर्न आदेश दिइएको छ। दक्षिण-पश्चिम दिल्लीका विशेष कार्यकारी मजिस्ट्रेटले उनीहरूलाई रिहा गर्ने आदेश दिएका हुन्।

विशेष कार्यकारी मजिस्ट्रेटले एक वर्षसम्म शान्ति भङ्ग नगर्ने सर्तमा उनीहरूलाई रिहा गर्न आदेश दिएका छन्। सीजेपीका तीन नेता दीपके, सौरभ दास र आशुतोष राङ्कालाई १० अक्टोबरमा विमानबाटै पक्राउ गरिएको थियो। दिल्ली पुलिसले उनीहरूलाई भारतीय नागरिक सुरक्षा संहिताको धारा १२६ र १७० अन्तर्गत पक्राउ गरेको थियो। पार्टीकी कानूनी प्रमुख रत्ना सिंहलाई पनि १० अक्टोबरमा प्रदर्शनका लागि निस्कने क्रममा उनको घर नजिकैबाट पक्राउ गरिएको थियो।

उल्लेखनीय छ, मत चोरीको मुद्दालाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सहित विभिन्न विद्यार्थी, युवा सङ्गठन तथा राजनीतिक दलहरूले १० अक्टोबरमा दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गर्ने घोषणा गरेका थिए। उक्त प्रदर्शनमा सहभागी हुन सीजेपीका नेताहरू दिल्ली पुगेका थिए। तर, शान्ति भङ्ग हुनसक्ने आशङ्कामा पुलिसले उनीहरूलाई सावधानीका रूपमा पक्राउ गरेको थियो।

/ बिशाल


 rajesh pande