रियाद विमानस्थलसहित नागरिक पूर्वाधारमाथि भएका आक्रमणको भारतद्वारा कडा निन्दा
भारत की ओर से जारी बयान


नयाँ दिल्ली, ११ अक्टोबर (हि.स.)। भारतले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थल तथा अन्य नागरिक पूर्वाधारमाथि हालै भएका आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पछिल्ला केही दिनमा किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा पटकपटक भएका आक्रमणको निन्दा गरिएको छ। विज्ञप्तिमा १० अक्टोबरमा भएको आक्रमणलाई पनि उल्लेख गर्दै यस्ता घटनामा मानिसहरूको ज्यान गएको, धेरै जना घाइते भएको र सम्पत्तिमा क्षति पुगेको जनाइएको छ।

भारतले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। सर्वसाधारण नागरिक र नागरिक पूर्वाधारमाथि पटकपटक हुने आक्रमण पूर्ण रूपमा अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्नुपर्ने भारतको भनाइ छ।

भारतले साउदी अरबको सार्वभौमसत्ताको रक्षाका लागि त्यहाँको जनता र सरकारसँग ऐक्यबद्धता व्यक्त गर्दै यस क्षेत्रमा यथाशीघ्र शान्ति र सामान्य अवस्था बहाल हुने आशा पनि व्यक्त गरेको छ।

उल्लेखनीय छ, यसअघि मङ्गलबार आभा अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा मोरक्को र अल्जेरियाका दुई महिलाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए। घाइतेमध्ये केहीको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको बताइएको थियो। सबै घाइतेलाई तत्काल अस्पताल पुर्याइएको थियो।

त्यसपछि बुधबार राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा दोस्रो आक्रमण भएको थियो। शनिबार पनि उक्त विमानस्थलमा आक्रमण भएको समाचारमा उल्लेख छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande