भारतीय रेलवेमा ३,५४८ एनटीपीसी स्नातक पदहरूमा भर्ती शुरू
भारतीय रेलवेमा ३,५४८ एनटीपीसी स्नातक पदहरूमा भर्ती शुरू


नयाँ दिल्ली, ११ अक्टोबर (हि.स.)। भारतीय रेलवेमा सरकारी जागिर खोजिरहेका युवाहरूका लागि रेलवे भर्ती बोर्ड (आरआरबी) ले गैरप्राविधिक लोकप्रिय श्रेणी (एनटीपीसी-स्नातक) अन्तर्गत ३,५४८ पदमा भर्ती प्रक्रिया शुरु गरेको छ। यसका लागि अनलाइन आवेदन प्रक्रिया ८ अक्टोबरदेखि शुरु भएको छ र ६ नोभेम्बर २०२६ सम्म आवेदन दिन सकिनेछ।

रेल्वे मन्त्रालय अनुसार, यस भर्ती अन्तर्गत मालगाडी प्रबन्धकका २,७५०, वरिष्ठ लिपिक तथा सह टाइपिस्टका ३७१, कनिष्ठ लेखा सहायक तथा सह टाइपिस्टका ३०० र मुख्य वाणिज्यिक तथा टिकट पर्यवेक्षकका १२७ पदमा नियुक्ति गरिनेछ। मूल तलबका अतिरिक्त सातौँ केन्द्रिय वेतन आयोग अनुसार भत्ता तथा अन्य सेवा सुविधा उपलब्ध हुनेछन्।

आवेदन शुल्क बुझाउने अन्तिम मिति ८ नोभेम्बर तोकिएको छ। आवेदन फाराममा ९ देखि १८ नोभेम्बरसम्म सुधार वा संशोधन गर्न सकिनेछ। आवेदन दिन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक वा सोसरहको योग्यता हासिल गरेको हुनुपर्नेछ। उम्मेदवारको न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ३३ वर्ष निर्धारण गरिएको छ। नियमानुसार आरक्षित वर्गका उम्मेदवारलाई अधिकतम उमेर सीमामा छुट दिइनेछ।

उम्मेदवारको छनोट योग्यताका आधारमा विभिन्न चरणमा गरिनेछ। यसमा पहिलो र दोस्रो चरणको कम्प्युटरमा आधारित परीक्षा, कागजात प्रमाणीकरण तथा स्वास्थ्य परीक्षण समावेश छन्। आवश्यकता अनुसार टाइरपिङ परीक्षा र दिव्याङ्ग उम्मेदवारका लागि तोकिएका सुविधाको व्यवस्था पनि गरिनेछ।

विस्तृत सूचना हेर्न तथा अनलाइन आवेदन दिन उम्मेदवारहरूले रेलवे भर्ती बोर्डको आधिकारिक वेबसाइट प्रयोग गर्नुपर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande