राज्यको विकासबाटै देशको विकास हुन्छ भन्ने मन्त्र लिएर अघि बढ़ेको छु : प्रधानमन्त्री मोदी
कार्यक्रम को संबोधित करते प्रधानमंत्री


नयाँ दिल्ली, ११ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा बितेका २५ वर्षको कार्यकालमा लोकतन्त्रका दुई प्रमुख शक्ति-देशका जनता र सहकारी सङ्घवादप्रतिको आफ्नो विश्वास निरन्तर बलियो बनेको बताएका छन्। उनले आफू सधैँ राज्यको विकासबाट देशको विकास गर्ने मन्त्र लिएर अघि बढ़ेको बताए।

आइतवार तमिलनाडुको चेन्नई पुगेका प्रधानमन्त्री मोदीले पोरुर बाइपास स्टेशनदेखि पूनामल्ली बाइपास स्टेशनसम्म मेट्रो यात्रा गरे। त्यसपछि जलकण्डेश्वर मन्दिरमा दर्शन तथा पूजा गर्नुका साथै भारतीय प्रविधि संस्थान (आईआईटी) मद्रास स्थित मस्तिष्क केन्द्रको भ्रमण गरे। उनले १३ हजार करोड़ रुपियाँभन्दा बढ़ीका विभिन्न विकास परियोजनाको उद्घाटन, शिलान्यास तथा राष्ट्रलाई समर्पण गरेपछि जनसभालाई सम्बोधन गरे।

सम्बोधनका क्रममा मोदीले भारत सांस्कृतिक विरासतबाट प्रेरणा लिँदै विज्ञानको प्रगति र आधुनिक पूर्वाधारको माध्यमबाट अघि बढ़िरहेको बताए। तमिलनाडुमा शुरु गरिएका परियोजनाले यातायात, उद्योग र व्यापारलाई बलियो बनाउनुका साथै युवाहरूका लागि रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उनले बताए।

उनले आधुनिक शहरमा यातायात सुधार गर्न सड़क चौड़ा बनाउनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै समग्र पूर्वाधार विकास आवश्यक रहेको बताए। यही उद्देश्यले पछिल्लो एक दशकमा देशभरि मेट्रो सञ्जाल विस्तार गरिएको उनको भनाइ थियो। साल २०१४ मा देशका पाँच शहरमा मात्र मेट्रो सेवा उपलब्ध रहेकामा अहिले २५ शहरमा सञ्चालन भइरहेको उनले बताए।

प्रधानमन्त्रीले तमिलनाडुका लागि आइतवारको दिन ऐतिहासिक रहेको उल्लेख गर्दै लगभग १३ हजार करोड़ रुपियाँका परियोजनाले दैनिक आवागमन सहज बनाउने, उद्योग तथा व्यापारलाई प्रोत्साहन गर्ने र युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने बताए।

मन्दिरदेखि मेट्रोसम्मका अनुभवले भारतको सांस्कृतिक पहिचान र आधुनिक विकासलाई प्रतिबिम्बित गर्ने पनि उनले उल्लेख गरे। बन्दरगाह पूर्वाधारको विकासबारे बोल्दै मोदीले केन्द्र सरकारले लगभग १७ हजार करोड़ रुपियाँको लगानीमा तूतीकोरिन स्थित वी.ओ. चिदम्बरनार बन्दरगाहलाई विश्वस्तरीय विशाल कन्टेनर तथा हरित ऊर्जा केन्द्रका रूपमा विकास गरिरहेको बताए। परियोजना पूरा भएपछि बन्दरगाहले विश्वका अत्यन्त ठूला कन्टेनर जहाजहरूलाई समेत सेवा दिनसक्ने र तमिलनाडुलाई उद्योग तथा यातायातको विश्वव्यापी केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने उनले बताए।

मोदीले साल २००१ को अक्टोबरमा गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएदेखि मुख्यमन्त्री र प्रधानमन्त्रीका रूपमा देशको सेवा गर्ने अवसर पाएको बताए। सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेको उल्लेख गर्दै उनले यस अवधिमा जनताको समर्थन र सहकारी सङ्घवादप्रतिको विश्वास अझ् बलियो बनेको बताए।

भारत अहिले विश्वको दोस्रो ठूलो मोबाइल फोन उत्पादक राष्ट्र बनेको र साल २०१४ पछि देशको विद्युतीय सामग्रीको निर्यात ११ गुणा बढ़ेको प्रधानमन्त्रीले बताए। यस अवधिमा रक्षा सामग्रीको निर्यात ५० गुणा बढ़ेको तथा इन्जिनियरिङ उत्पादनको निर्यातले पनि नयाँ कीर्तिमान कायम गरेको उनले उल्लेख गरे। उत्पादन क्षेत्रमा भएको वृद्धिले देशका युवाहरूका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ रोजगारीका अवसर सिर्जना गरेको र यसमा तमिलनाडुका जनताको महत्त्वपूर्ण योगदान रहेको उनले बताए।

/ बिशाल


 rajesh pande