शारदीय नवरात्रि शुरु, नौ दिनसम्म माता दुर्गाका नौ स्वरूपको पूजा
दिल्ली का झंडेवाला मंदिर। माता का यह मंदिर करोलबाग के पास है। फोटो -  इंटरनेट मीडिया


नयाँ दिल्ली, ११ अक्टोबर (हि.स.)। शारदीय नवरात्रि आजदेखि शुरु भएको छ। प्रत्येक वर्ष आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिबाट शारदीय नवरात्रि शुरु हुने गर्दछ। यस अवधिमा माता दुर्गा तथा उहाँका नौवटा फरक स्वरूपको विधिपूर्वक पूजा-आराधना गर्ने परम्परा रहेको छ।

नवरात्रिको पहिलो दिन आज माता दुर्गाको स्वागत गरिन्छ। कलश स्थापना गरी माताको पहिलो स्वरूप माता शैलपुत्रीको पूजा-आराधना गरिनेछ। नवरात्रिका अवसरमा व्रत बस्नुका साथै प्रत्येक दिन मन्त्रजप, आरती र दुर्गा चालिसाको पाठ गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार, नवरात्रिका बेला दुर्गा चालिसाको पाठ गर्नाले सुख-समृद्धि प्राप्त हुनुका साथै सकारात्मक ऊर्जामा वृद्धि हुने विश्वास छ।

शास्त्रअनुसार, बिहानको समयमा देवीको आह्वान र घटस्थापना गर्ने विधान रहेको छ। आज चित्रा नक्षत्र राति १०ः३२ बजीसम्म र वैधृति योग राति ९ः०५ बजीसम्म रहनेछ।

शास्त्रअनुसार, चित्रा नक्षत्रका शुरुका दुई चरणबाहेक अर्थात् अभिजित् मुहूर्तमा कलश स्थापना गर्नु उत्तम मानिन्छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande