
सियोल, १२ अक्टोबर (हि.स.)। उत्तर कोरियाले सोमबार प्योङयाङ क्षेत्रबाट जापान समुद्रको दिशामा कैयौँ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
दक्षिण कोरियाली संयुक्त सैन्य प्रमुख (जेसीएस) ले जारी गरेको बयानअनुसार, १२ अक्टोबर बिहान लगभग ९:२० बजी प्योङयाङ क्षेत्रबाट जापान समुद्रको दिशामा कैयौँ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरिएको पत्ता लागेको थियो।
दक्षिण कोरियाली सेनाले थप मिसाइल प्रक्षेपण हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी बढाएको छ।
दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाका ब्यालिस्टिक मिसाइलसम्बन्धी सूचनाहरू नियमित रूपमा आदानप्रदान गरिरहेका छन्। साथै, तीनै देशका सेनाहरू पूर्ण युद्ध तयारीको अवस्थामा रहेको जनाइएको छ।
दक्षिण कोरियाली संयुक्त सैन्य प्रमुखका अनुसार, उत्तर कोरियाले प्रक्षेपण गरेका केही ब्यालिस्टिक मिसाइलले ९०० किलोमिटरभन्दा बढी दूरी तय गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल