
नयाँ दिल्ली, १२ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) महिला मोर्चाले सोमवार जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का बर्खास्त प्राध्यापक तथा कांग्रेस सांसद बिमोल अकोइजममाथि छात्राहरूको यौन दुर्व्यवहारको आरोप लागेको विषयलाई लिएर दीनदयाल उपाध्याय मार्ग स्थित प्रदेश कांग्रेस मुख्यालय अगाड़ी विरोध प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी महिलाहरूले यस मामिलामा कांग्रेस नेतृत्वलाई आफ्नो धारणा स्पष्ट पार्न माग गरेका छन्।
भाजपा दिल्ली प्रदेश अध्यक्ष हर्ष मल्होत्राले कांग्रेस र राहुल गान्धीमाथि हमला गर्दै दिल्लीका महिलाहरू कांग्रेस सांसद बिमोल अकोइजामबारे प्रश्न गर्न आएको बताए। उनी अनुसार, मणिपुरका कांग्रेस सांसद अकोइजम विरुद्ध जेएनयूका ११ जना छात्राले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। विश्वविद्यालयको एउटा समितिले ती आरोपलाई सही ठहर गरेपछि उनलाई जेएनयूबाट बर्खास्त गरिएको मल्होत्राले दाबी गरे।
मल्होत्राले महिलाको अपमान सम्बन्धी मुद्दामा कांग्रेस किन मौन रहेको भन्दै प्रश्न उठाए। उनले यस विषयमा राहुल गान्धी र कांग्रेस नेतृत्वले जवाफ दिनुपर्ने माग गरे।
हिन्दुस्थान समाचार / भवानी थामी