
नयाँ दिल्ली, 12 अक्टोबर (हि.स.) दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार दिल्लीका विभिन्न कलेजहरूका विद्यार्थी प्रतिनिधिहरूसित भेट गरिन्।
मुख्यमन्त्री रेखा गुप्ताले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरिन्, आज दिल्लीका विभिन्न कलेजहरूका विद्यार्थी प्रतिनिधिहरूसँग आत्मीय कुराकानी भयो। उनले बताइन्, यस अनौपचारिक बैठकमा छात्राहरूले आफ्ना अनुभवहरू साझा गर्नका साथै कलेजहरूमा सुरक्षा, सुविधा एवं उत्कृष्ट शिक्षा सम्बन्धी धेरै राम्रा सुझाउहरू राखे।
मुख्यमन्त्रीले भनिन्, युवा पुस्ताको सोच, नयाँ विचार एवं केही गरेर देखाउने भावनाले सबैलाई प्रेरित गर्दछ। आजको विद्यार्थिनीहरू आफ्ना सपनासँगसँगै दिल्लीलाई अझ राम्रो बनाउनको लागि पनि अग्रसर भइरहेका छन्।
विद्यार्थीनीहरूको सुझाउलाई दिल्ली सरकारले प्राथमिकताको आधारमा लिने उनले बताइन्। आगामी युवा नीति र बजेट तयारीका साथै नियमित अन्तरक्रियामा पनि विद्यार्थीहरूको सहभागितालाई पनि बढाइनेछ।
रेखा गुप्ताले भनिन्, दिल्लीका प्रत्येक विद्यार्थीले आत्मविश्वासका साथमा अगाडि बढ्नुपर्छ, नेतृत्व गर्नुपर्छ र आफ्नो सपना पूरा गर्नुपर्छ। विद्यार्थीहरूको सबै चिन्ता दिल्ली सरकारको जिम्मेवारी हो भने उनीहरूको उज्ज्वल भविष्य सरकारको संकल्प हो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा