सुरक्षा कारणले दिल्ली मेट्रोका छवटा स्टेशन साँझ ४ बजीसम्म बन्द
दिल्ली मेट्रो संग्रहित फोटो


नयाँ दिल्ली, १२ अक्टोबर (हि.स.)। सुरक्षा कारणले दिल्ली मेट्रोका छवटा प्रमुख स्टेशनका प्रवेश तथा निकासद्वार आज बिहान ६ बजीदेखि साँझ ४ बजीसम्म बन्द रहने भएका छन्। दिल्ली मेट्रो रेल निगम (डीएमआरसी) ले १२ अक्टोबरका दिन यो व्यवस्था लागू रहने जानकारी दिएको छ।

डीएमआरसीका अनुसार, पटेल चौक, जनपथ, राजीव चौक, मण्डी हाउस, केन्द्रिय सचिवालय र बाराखम्बा रोड मेट्रो स्टेशनका प्रवेश तथा निकासद्वार बन्द रहनेछन्।

यस अवधिमा सुरक्षा निकायहरूले परिस्थितिको समीक्षा गर्नेछन्। यद्यपि, यी सबै मेट्रो स्टेशनमा रेल परिवर्तन गरेर अर्को मार्गमा जाने सुविधा भने उपलब्ध रहनेछ।

डीएमआरसीले यात्रुहरूलाई यस व्यवस्थालाई ध्यानमा राखेर आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको छ।


 rajesh pande