
गान्तोक, 12 अक्टोबर (हि.स.)। सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त गौतमलाई भारतीय जनता पार्टी (भाजपा) सिक्किमले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
भाजपा सिक्किमको सञ्चार प्रकोष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सिक्किमका नवनियुक्त राज्यपाल गौतमको सफल कार्यकालको कामना गर्दै सिक्किममा शान्ति, प्रगति र विकासलाई अघि बढाउन उनको मार्गदर्शन प्राप्त हुने अपेक्षा व्यक्त गरिएको छ।
यसैगरी, सिक्किमका राज्यपालका रूपमा विशिष्ट सेवा प्रदान गरेका ओमप्रकाश माथुरप्रति पनि भाजपा सिक्किमले हार्दिक आभार व्यक्त गरेको छ। माथुरको बहुमूल्य मार्गदर्शन, कुशल नेतृत्व तथा सिक्किमका जनताको कल्याणप्रतिको प्रतिबद्धतालाई सधैँ उच्च सम्मानका साथ स्मरण गरिने विज्ञप्तिमा उल्लेख छ।
केरलाको राज्यपालका रूपमा नयाँ जिम्मेवारी सम्हाल्न लागेका माथुरलाई पार्टीले सम्मानसहित हार्दिक शुभकामना व्यक्त गरेको छ।
भाजपा सिक्किमले दुवै नेताको आ-आफ्नो जिम्मेवारीमा सफलताको कामना गर्दै सिक्किमका जनताको कल्याण र आकाङ्क्षा पूरा गर्ने दिशामा आफ्नो प्रतिबद्धता कायम रहने जनाएको छ।
--
हिन्दुस्थान समाचार / बिशाल