क्रिकेट खेलाड़ी तिलक वर्मा र कुलदीप यादव महाकालको भस्म आरतीमा सहभागी
महाकाल की शरण में क्रिकेटर तिलक वर्मा और कुलदीप यादव


भस्म आरती में विशेष श्रृंगार


उज्जैन (मध्य प्रदेश), १२ अक्टोबर (हि.स.)। भारतीय क्रिकेट टोलीका खेलाड़ी तिलक वर्मा र कुलदीप यादव सोमवार बिहान सबेरै श्री महाकालेश्वर ज्योतिर्लिङ्ग मन्दिर पुगे। दुवै खेलाड़ीले भगवान् महाकालको भस्म आरतीमा सहभागी भई दर्शन गरे तथा नन्दी हलमा बसेर आराधना गरे। यसै क्रममा हक्की खेलाड़ी विवेक प्रसादले पनि बाबा महाकालको दरबारमा पुगेर आशीर्वाद लिए।

भारत र वेस्ट इन्डिजबीच आइतवार इन्दौरको होलकर स्टेडियममा सम्पन्न टी–२० खेलपछि खेलाड़ीहरू उज्जैन पुग्ने क्रम जारी छ। सोमवार बिहान लगभग ४ बजी मन्दिर पुगेका तिलक वर्मा र कुलदीप यादवले भस्म आरतीमा सहभागिता जनाए।

आरतीपछि उनीहरूले मन्दिरको देहरीबाट आशीर्वाद लिए। साथै, पुजारी मार्फत जल अर्पण गरी विधिपूर्वक पूजाअर्चना पनि गरे। मन्दिर परिसरमा खेलाड़ीहरूको उपस्थितिले श्रद्धालु र प्रशंसकहरूमा उत्साह देखियो। प्रशंसकहरू उनीहरूसँग तस्बिर खिच्न र सेल्फी लिन भेला भए। मन्दिर समितिले खेलाड़ीहरूलाई स्वागत तथा सम्मान गऱ्यो।

‘समय मिल्नासाथ दर्शन गर्न आउँछौँ’

दर्शनपछि सञ्चारमाध्यमसँग कुरा गर्दै कुलदीप यादवले भगवान् महाकालको दर्शन गरेर आफूलाई निकै खुशी लागेको बताए। उनले भने, “जब पनि अवसर मिल्छ, हामी भगवान्को दर्शन गर्न आउँछौँ। निकै खुशी लाग्छ। हामीले राम्रो क्रिकेट खेल्न सकौँ र हरेक खेलमा अघि बढ्न सकौँ भन्ने पूर्ण आशा छ। भगवानको कृपा र आशीर्वाद सधैँ कायम रहोस्।”

एक दिनअघि गौतम गम्भीरले गरेका थिए दर्शन

यसअघि एक दिन अगाड़ी भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर पनि आइतवार महाकालेश्वर मन्दिर पुगेका थिए। उनले भस्म आरतीमा सहभागी भई भगवान् महाकालको आशीर्वाद लिएका थिए। उनीसँग ब्याटिङ प्रशिक्षक सितांशु कोटक पनि उपस्थित थिए।

भस्म आरतीमा विशेष शृङ्गार

सोमवार बिहान सबेरै श्री महाकालेश्वर मन्दिरको ढोका खुलेपछि परम्पराअनुसार भगवान् महाकालको पूजाअर्चना तथा अभिषेक गरियो। पुजारीहरूले गर्भगृहमा स्थापित देवीदेवताहरूको पूजा गरेपछि ज्योतिर्लिङ्गमा जलाभिषेक गरे। त्यसपछि दूध, दही, घिउ, मह र फलफूलको रसबाट तयार पारिएको पञ्चामृतले अभिषेक गरियो। अभिषेकपछि भगवान् महाकाललाई भाङ, चन्दन र आभूषणले शृङ्गार गरियो।

आरतीका क्रममा ज्योतिर्लिङ्गमा भस्म अर्पण गरियो। त्यसपछि भगवान्लाई शेषनागको चाँदीको मुकुट, चाँदीको मुण्डमाला, रुद्राक्षको माला तथा पुष्पमालाहरू अर्पण गरियो। भस्म आरतीमा सहभागी श्रद्धालुहरूले भगवान् महाकालको जयजयकार लगाए। यससँगै मन्दिर परिसर भक्तिमय माहोल गुञ्जायमान बन्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande