मणिपुरमा एक उग्रवादी र दुई लागुऔषध तस्कर पक्राउ
मणिपुर पुलिस द्वारा जारी विभिन्न अभियानों से संबंधित तस्वीर


इम्फाल, १२ अक्टोबर (हि.स.)। मणिपुरमा उग्रवादी तथा लागुऔषध तस्कर विरुद्ध पुलिसले निरन्तर अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा एक उग्रवादीलाई पक्राउ गर्नुका साथै दुई वटा छुट्टाछुट्टै अभियानमा दुई जना लागुऔषध तस्करलाई पक्राउ गरिएको छ।

मणिपुर पुलिस मुख्यालयले सोमवार दिएको जानकारीअनुसार, 11 अक्टोबरमा प्राप्त ठोस गोप्य सूचनाका आधारमा सीडीओ–इम्फाल पूर्वको टोलीले पोरोम्पट थाना क्षेत्र अन्तर्गत हट्टा जेएनआईएमएस रोडमा रहेको मुस्लिम गर्ल्स होस्टल नजिक लागुऔषध विरुद्ध अभियान सञ्चालन गरेको थियो। त्यस क्रममा विष्णुपुर जिल्लाको क्वाक्ता टेरा खोङ मानिङ निवासी २९ वर्षीय मोहम्मद अमजद खान उर्फ मुमुलाई उसको भाड़ाको घरबाट पक्राउ गरिएको हो।

पुलिसले आरोपीदेखि लगभग ६२ ग्राम शङ्कास्पद हेरोइन नम्बर ४ पाउडर रहेको दुई वटा प्लास्टिकका बोतल र ट्रामाडोलका छह वटा क्याप्सुल जफत गरेको छ।

पुलिस अनुसार, आरोपीले चुराचाँदपुरका एक लागुऔषध आपूर्तिकर्ताबाट हेरोइन खरिद गरेको र हट्टा, इम्फाल पूर्व तथा वरपरका क्षेत्रमा स्थानीय लागुऔषध प्रयोगकर्ताहरूलाई बिक्री गर्दै आएको स्वीकार गरेको छ।

यसै दिन अर्को अभियानका क्रममा प्राप्त विशेष सूचनाका आधारमा सीडीओ–इम्फाल पश्चिमको टोलीले पोरोम्पट थाना क्षेत्र अन्तर्गत खुराई लामलोङ क्षेत्रमा तलासी अभियान चलाएको थियो। त्यस क्रममा प्रतिबन्धित उग्रवादी संगठन आरपीएफ/पीएलएको सक्रिय सदस्य २० वर्षीय रक्की पुखरामबम उर्फ केइफालाई पक्राउ गरिएको पुलिसले जनाएको छ।

त्यसैगरी, 10 अक्टोबरमा सीडीओ–विष्णुपुर र मोइराङ थाना पुलिसको संयुक्त टोलीले मोइराङ थाना क्षेत्रअन्तर्गत टिड्डिम रोडको ओक्षोबुङमा तलासी तथा जाँच अभियान सञ्चालन गरेको थियो। त्यस क्रममा लगभग ३.५ किलोग्राम शङ्कास्पद ब्राउन शुगर जफत गरियो। उक्त घटनामा ४६ वर्षीय मोहम्मद अबीर खानलाई पक्राउ गरिएको छ। पुलिसले आरोपीदेखि हिरो डेस्टिनी–१२५ दुईचक्के सवारीसाधन समेत जफत गरेको छ।

पुलिसले तीनवटै घटनामा छुट्टाछुट्टै प्राथमिकी दर्ता गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande