मिलावटयुक्त मसला बनाउने कारखानाको पर्दाफास, सञ्चालक पक्राउ
मिलावटी मसाला बनाने वाली फैक्ट्री पर छापेमारी की फोटो


नोएडा, १२ अक्टोबर (हि.स.)। तरकारीमा प्रयोग गरिने मिलावटयुक्त मसला उत्पादन गर्ने एउटा कारखानाको खाद्य सुरक्षा तथा औषधि विभागले आइतवार राति पर्दाफास गरेको छ। यस मामिलामा कारखानाका सञ्चालकलाई पक्राउ गरिएको छ। कारखानाबाट लाखौँ रुपियाँ मूल्यका तयार पारिएका मिलावटयुक्त मसला जफत गरिएको छ।

पुलिस आयुक्त लक्ष्मी सिंहका सञ्चार सम्पर्क अधिकारी सुबोध कुमार अनुसार, खाद्य सुरक्षा अधिकारी विजय बहादुर सिंह र बिसरख थाना पुलिसले संयुक्त रूपमा कारबाही गर्दै इटैडा गाउँ स्थित उक्त कारखानामा छापा मारेका थिए। त्यहाँ मिलावटयुक्त मसला उत्पादन भइरहेको पाइएको थियो।

कारबाहीका क्रममा धर्मेन्द्र इन्डस्ट्रिजका सञ्चालक धर्मेन्द्रलाई पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा उनीहरूले बेसार, धनियाँ र खुर्सानी लगायतका मसला बनाउन भुस तथा काठको धुलो मिसाउने गरेको खुलेको छ। त्यसपछि विभिन्न रसायन र रङ प्रयोग गरेर ती मसलालाई सक्कली जस्तै बनाउने गरिएको पुलिसले जनाएको छ।

पुलिसले कारखानाबाट लाखौँ रुपियाँ मूल्यका तयार मसला, मसला बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा विभिन्न मेसिन जफत गरेको छ। यस सम्बन्धमा बिसरख थानामा मुद्दा दर्ता गरिएको छ।

पुलिस अनुसार, पक्रा परेका व्यक्तिहरूले नक्कली तथा मिलावटयुक्त मसला उत्पादन गरी राष्ट्रिय राजधानी क्षेत्रका विभिन्न ठाउँमा बिक्री गर्ने गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande