विजयाराजे सिन्धियाको जयन्तीमा प्रधानमन्त्री सहित थुप्रै नेताद्वारा श्रद्धाञ्जली अर्पण
प्रतीकात्मक


नयाँ दिल्ली, १२ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) की संस्थापक सदस्य तथा पूर्व सांसद राजमाता विजयाराजे सिन्धियाको जयन्तीका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला र रक्षामन्त्री राजनाथ सिंह सहित थुप्रै नेताहरूले सोमवार उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “राष्ट्रसेवाप्रति विजयाराजे सिन्धियाको त्याग र समर्पण सबैका लागि प्रेरणाको स्रोत हो। उनका आदर्श र विचारले विकसित भारतको सङ्कल्पमा नयाँ ऊर्जा सञ्चार गर्नेछन्।”

लोकसभा अध्यक्ष ओम बिरलाले सार्वजनिक जीवनदेखि संसदीय जिम्मेवारीसम्म विजयाराजेले आफ्ना सिद्धान्त र जनकल्याणप्रतिको अटल निष्ठाका माध्यमबाट विशिष्ट पहिचान स्थापित गरेको बताएका छन्। राष्ट्रप्रतिको उनको निष्ठा, जनसेवा र वैचारिक प्रतिबद्धता सदैव प्रेरणाको स्रोत बनिरहने उनले उल्लेख गरेका छन्।

रक्षामन्त्री राजनाथ सिंहले विजयाराजेले आफ्नो सम्पूर्ण जीवन राष्ट्रसेवा, जनकल्याण र भारतीय सांस्कृतिक मूल्यहरूको संरक्षणमा समर्पित गरेको बताएका छन्। उनले महिलाको सम्मान र सशक्तीकरणका लागि अथक प्रयास गरेको उल्लेख गर्दै राष्ट्रसेवा र जनसेवाप्रतिको अटल निष्ठा तथा सिद्धान्तप्रतिको दृढ़ सङ्कल्पले सधैँ प्रेरित गरिरहने बताएका छन्।

केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले राजसी वैभव त्यागेर विजयाराजेले जनसेवाको मार्ग रोजेको र आफ्नो सम्पूर्ण जीवन राष्ट्रवादी विचारधारालाई सशक्त बनाउन समर्पित गरेको बताएका छन्। आपातकाल विरुद्ध सङ्घर्षमा उनले महिनौँसम्म कारावासको यातना सहनुपरे पनि आफ्ना सिद्धान्तसँग अलिकति पनि सम्झौता नगरेको उनले उल्लेख गरेका छन्। उनको जीवन सदैव प्रत्येक कार्यकर्ताका लागि प्रेरणाको स्रोत बनिरहने शाहले बताएका छन्।

केन्द्रिय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले पनि विजयाराजे सिन्धियाको जयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

केन्द्रिय सञ्चारमन्त्री ज्योतिरादित्य एम. सिन्धियाले लेखेका छन्, “मेरो जीवनमा प्रेरणाको स्रोत, मेरी हजुरआमा तथा सम्मानित राजमाता विजयाराजे सिन्धियाको जयन्तीका अवसरमा म उनको चरणमा बारम्बार नमन गर्दछु।”

त्यसैगरी, केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले उदार र प्रभावशाली व्यक्तित्वकी धनी तथा भारतीय राजनीतिमा परिचित नाम राजमाता विजयाराजे सिन्धियाले भारतीय जनसङ्घ र भाजपाको विचारधारालाई जनजनसम्म पुर्याउन ठूलो योगदान दिएको बताएका छन्। उनको योगदान सदैव अविस्मरणीय रहने उनले उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande