
कोलकाता, 14 अक्टोबर (हि.स.)। डायमण्ड हार्बरबाट तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जी बुधवार बिहान 11 बजे शेक्सपियर सरणी पुलिस थानामा उपस्थित भए। यसअघि सोमवार पनि उनलाई सोधपुछका लागि बोलाइएको थियो, तर उनी उपस्थित भएनन्। सूत्र अनुसार उनले ई-मेल मार्फत पुलिससँग 48 घण्टाको माग मागेका थिए। त्यसपछि पुलिस उनको निवासमा गएर बुधवार उपस्थित हुने नोटिस दिएको थियो। सोही सूचनाको आधारमा अभिषेक बुधवार बिहान पुलिस थानामा पुगे।
उल्लेखनीय छ, गत 27 अगस्तमा कम्याक स्ट्रिटमा रहेको अभिषेकको कार्यालयबाट एउटा बिलबोर्डलाई हटाउने विषयमा विवाद भएको थियो। त्यस समय उनका समर्थकहरूको पुलिस र कोलकाता नगरनिगमका अधिकारीहरूसँग चर्को बहस भएको थियो। बहस हुँदाहुँदै धक्कामुक्का पनि भयो। यसबीच पुलिसले बलपूर्वक कम्याक स्ट्रीटस्थित त्यस भवनको छतमा गएर तृणमूलको नाम अनि चुनाउ चिन्ह (जोड़ा फूल) भएको बिलबोर्डलाई हटाएको आरोप लगाइएको छ।
प्रशासनले दाबी गरेको थियो, उक्त बिलबोर्डलाई अवैध ढङ्गमा लगाइएको थियो भने क्षेत्रको सुरक्षाका लागि खतरनाक थियो। तथापि पछि अभिषेकका समर्थकहरूले त्यही ठाउँमा सोही नाम र चिन्ह भएको ब्यानर लगाएका थिए। यस घटनालाई लिएर शेक्सपियर सरणी पुलिस स्टेशनमा तीन वटा एफआइआर दर्ता गरिएको थियो।
यसअघि कम्याक स्ट्रिट मामिलामा गत एक सेप्टेम्बरको दिन अभिषेकलाई यसअघि बोलाइएको थियो भने त्यसबेला उनी सोधपुछका लागि उपस्थित भएका थिए। उनलाई अनुसन्धानकर्ताहरूले थप सोधपुछका लागि फेरि समन पठाएका थिए। गत 7अक्टोबरमा पुलिस उनलाई नोटिस दिन गएको थियो, तर कसैले पनि त्यसलाई स्वीकार गरेनन्।
वास्तवमा अभिषेक मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई लिएर विपक्षी गठबन्धन 'इण्डी'- को विरोधमा भाग लिन दिल्ली गए थिए। उनी शनिवार कोलकाता फर्केपछि आइतवार शेक्सपियर सरणी पुलिस स्टेशनका पुलिस फेरि उनको कालीघाटस्थित निवासमा पुगेका थिए।
--------
/ बिशाल