
सिलगढ़ी, 14 अक्टोबर (हि.स.)। उत्तर बङ्गालका आईजी सुकेश कुमार जैनले बुधवार खोरीबारीको रानीगञ्ज पुलिस चौकी परिसरमा नवनिर्मित पुलिस ब्यारेकको उद्घाटन गरे। यस अवसरमा जिल्ला पुलिसको पक्षबाट उनलाई गार्ड अफ अनर प्रदान गरियो। उद्घाटनपछि आईजीले दूरबीनको सहयोगमा वाच टावरबाट भारत-नेपाल सीमाको निरीक्षण गरे। यस अवधि दार्जीलिङ रेञ्जकी डीआईजी जयिता बोस र जिल्ला पुलिस अधीक्षक श्रीकान्त जगन्नाथ राव पनि उपस्थित थिए। पछि उनले एसएसबीका आईजी वन्दना सक्सेनासँग बैठक गरे। बैठकपछि उनले इमिग्रेशन चेकपोस्ट एवं सीमावर्ती क्षेत्रको पनि जायजा लिए।
आईजीले बताए, बैठकमा सीमा सुरक्षा सुदृढीकरण तथा अवैध गतिविधिमाथि रोक लगाउने विषयमा छलफल भयो। उनले भने, सिलगढ़ी कोरिडोर एक संवेदनशील क्षेत्र हो। भारत-बङ्गलादेश, भारत-भुटान एवं भारत-नेपाल सीमाहरूको निगरानी गरिँदैछ।
दुर्गापूजालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई कड़ा गरिएको उनले जानकारी दिए। पुलिस बलको सङ्ख्या बढ़ाउनको साथै पूजा पण्डालहरूमा अनि यातायात व्यवस्थामा पनि विशेष निगरानी राखिँदैछ। पुलिस पूर्ण रूपममा सतर्क छ। मुख्यमन्त्रीको पहलमा पुलिसलाई चार चक्के वाहन र बाइक उपलब्ध गराइएको छ जसबाट विभिन्न क्षेत्रहरूमा सुरक्षा व्यवस्थालाई अझ सुदृढ़ पार्न मद्दत मिल्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा