कोलकातामा अवैध हतियार निर्माण गर्ने अड्डाको पर्दाफास, हतियार बरामद
कोलकाता में छापेमारी के दौरान बरामद अवैध हथियार और कारतूस।


कोलकाता में छापेमारी के दौरान बरामद अवैध हथियार और कारतूस।


कोलकाता, १४ अक्टोबर (हि.स.)। पश्चिम बङ्गाल पुलिसको विशेष कार्य बलले कोलकाताको आयुबनगर क्षेत्रमा छापा मारेर अवैध हतियार निर्माण गर्ने एकाइको पर्दाफास गरेको छ। मङ्गलबार नदियाल पुलिस थाना क्षेत्रअन्तर्गतको एउटा घरमा अवैध हतियार निर्माण भइरहेको गोप्य सूचना पाएपछि यो कारबाही गरिएको हो।

छापामारीका क्रममा सात एमएमका दुईवटा बन्दुक, दुईवटा घरेलु हतियार, विभिन्न नापका जीवित गोली, प्रयोग गरिएका गोली तथा हतियार बनाउन प्रयोग गरिने विभिन्न उपकरण बरामद गरिएको छ। बरामद सामग्रीबाट उक्त स्थानमा अवैध रूपमा हतियार निर्माण गर्ने काम भइरहेको सङ्केत मिलेको छ।

यस घटनामा आरोपित व्यक्ति घटनास्थलबाट फरार भएको छ। यद्यपि, उसको पहिचान भइसकेको छ। नदियाल पुलिस थानामा शस्त्र ऐनका सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ। फरार आरोपीलाई पक्राउ गर्न तथा अवैध हतियार निर्माणसँग सम्बन्धित सञ्जालको पत्ता लगाउन जॉंच जारी रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande