लरीले कुल्चिँदा  20 वर्षीय युवकको मृत्यु
दुर्घटना सांकेतिक


खड़गपुर, 14 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर टाउन थाना अन्तर्गत आन्तारखी नूतन बजार क्षेत्रमा गए मङ्गलवार साँझ भएको एक सड़क दुर्घटनामा 20 वर्षीय युवकको मृत्यु भयो। मृतकको पहिचान बुद्धदेव सिंहको रूपमा भएको छ जो पिङ्गला थाना अन्तर्गत आकनागेड़िया क्षेत्रका बासिन्दा थिए।

प्राप्त जानकारी अनुसार बुद्धदेव खड़गपुरमा रहेको रशमी कम्पनीमा काम गर्थे। उनी मङ्गलवार कामपछि मोटरसाइकलमा घर फर्किरहेका थिए। साँझ 7ः35 बजेतिर उनी खड़गपुरदेखि पिङ्गलातिर गइरहेका थिए। यसैबीच पछाड़िबाट द्रूत गतिमा आइरहेको एउटा लरीसित उनको मोटरसाइकलको ह्याण्डल ठोक्कियो जसले गर्दा असन्तुलित भई उनी सड़कमा लड़े। त्यसपछि लरीको चक्का उनीमाथि चढ़ेको आरोप लगाइएको छ।

हेलमेट लगाएको भए पनि बुद्धदेवको टाउकोमा गम्भीर चोट लाग्यो जसले गर्दा घटनास्थलमै उनको मृत्यु भयो। दुर्घटनाको सूचना पाएपछि खड़गपुर टाउन थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो।

यता दुर्घटनामा संलग्न लरीलाई पिङ्गलाको दुजिपुर क्षेत्रबाट जफत गरी पिङ्गला थानामा लगियो। पुलिसले मामिलाको अनुसन्धान गरिरहेको छ।

--------

/ बिशाल


 rajesh pande