
गुवाहाटी, 14 अक्टोबर (हि.स.)। गुवाहाटीको भरलूमूख पुलिसले प्रतिबन्धित कफ सिरपको साथमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ।
पुलिसले बुधवार बताएअनुसार, गुप्त सूचनाको आधारमा गए राति चलाइएको अभियानका क्रममा एक महिलाको घरबाट प्रतिबन्धित कफ सिरप बरामद गरियो। थाना क्षेत्रको आलूगोदाम क्षेत्रमा स्थित नारबिज बेगम (32) को घरबाट महिला नारबिज र सप्लायर आमिर अली (35, फ्यान्सी बाजार) लाई पक्राउ गरिएको छ।
पक्राउ परेका आरोपीबाट प्रतिबन्धित कफ सिरप अतिरिक्त 40 हजार रूपियॉं जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत प्राथमिकी दर्ता गरेर सघन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी