
गुवाहाटी, 14 अक्टोबर (हि.स.)। गुवाहाटीको हाथीगाउॅं पुलिसले चोरी मामिलामा सामेल दुई चोरलाई पक्राउ गरेको छ।
पुलिसले बुधबार दिएको जानकारी अनुसार, गुप्त सूचनाको आधारमा हाथीगाउॅं पुलिस स्टेशनको एक टोलीले पत्थरक्वारी निवासी दुई व्यक्ति अनवर अली (32) र सफिकुल इस्लाम (34) लाई पक्राउ गरेको छ। दुवैलाई चोरीको आरोपमा पक्राउ गरिएको हो।
पक्रा परेका आरोपीहरूबाट पुलिसले 3 चोरीको मोबाइल फोन, 1 पेचकस, 2 वटा छुरी, 940 रूपियॉं, एउटा स्कूटी र एउटा घडी जफत गरेको छ। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरेर कानूनी कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी