इरानबारे अमेरिकाले चाँडै निर्णय लिने ट्रम्पको भनाइ
Trump announces that Russia has agreed to deliver millions of tons of diesel to the world to lower global prices


वासिङ्टन, १४ अक्टोबर (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै नै निर्णय लिने बताएका छन्। ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले इरानको अर्थतन्त्रको आलोचना गर्दै त्यसलाई ‘असफल राष्ट्र’ को संज्ञा दिएका छन्।

ट्रम्पले इरानको अर्थतन्त्र अत्यन्त खराब अवस्थामा रहेको र त्यहाँ महॅंगाई दर ३०० प्रतिशतसम्म पुगेको दाबी गरे। उनले इरानसँग पैसा नभएको र उसले आफ्ना सैनिकलगायत अन्य व्यक्तिहरूलाई समेत भुक्तानी गर्न नसकिरहेको बताए।

ट्रम्पको यो भनाइ यस्तो समयमा आएको छ जतिबेला सञ्चारमाध्यमका समाचारहरूमा इजरायलमा २७ अक्टोबरमा हुने निर्वाचन र अमेरिकामा ३ नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इरानविरुद्ध पुनः सैन्य कारबाही शुरु हुन सक्ने सम्भावनाबारे चर्चा भइरहेको छ।

ट्रम्पले यसअघि पनि इरानबारे चाँडै महत्त्वपूर्ण निर्णय लिने बताएका थिए। तर, उनका यस्ता अभिव्यक्तिपछि अहिलेसम्म कुनै नयाँ ठूलो आक्रमण भएको छैन। गत साता उनले मध्यावधि निर्वाचनअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने बताएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande