पश्चिम बङ्गालमा गर्मी हुने, केही जिल्लाहरूमा हल्का वर्षा हुने सम्भावना
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 14 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालमा बुधवार मौसम मुख्यतया गर्मी र आद्रतापूर्ण रहने अनुमान गरिएको छ। राज्यका अधिकांश भागहरूमा मौसम शुष्क रहनसक्छ जबकि कोलकाता सहित दक्षिण बङ्गालका केही जिल्लाहरूमा कतै-कतै हल्का वर्षा हुने सम्भावना छ। मौसम विभाग अनुसार आज राज्यका कुनै पनि क्षेत्रका लागि विशेष चेताउनी जारी गरिएको छैन।

मौसम पूर्वानुमान अनुसार कोलकाता, हावडा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुरका केही ठाउँहरूमा हल्का वर्षा हुन सक्छ। तर, दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा भने मौसम मुख्यतया शुष्क रहने सम्भावना छ।

कोलकाता लगायत मैदानी क्षेत्रहरूमा अधिकतम तापक्रम 32-34 डिग्री सेल्सियस अनि न्यूनतम 24-26 डिग्री सेल्सियस लगभग रहने सम्भावना छ। बिहान र साँझ हावामा नमी रहनाले आद्रता महसूस हुनसक्छ। दिउँसो घामसँगै तापमान बढ्ने सम्भावना छ।

उत्तर बङ्गालका अधिकांश जिल्लाहरूमा मौसम मुख्यतया शुष्क रहने अनुमान लगाइएको छ। तथापि स्थानीय अवस्था अनुसार केही ठाउँमा बादल लाग्न सक्छ। दार्जीलिङ, जलपाईगुडी र छेउछाउका क्षेत्रहरूमा मौसमको अवस्था मैदानी क्षेत्रभन्दा भिन्नै रहने सम्भावना छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande