महापञ्चमीमा विशेष आवश्यकता रहेका 290 बाल-बालिकाहरूका लागि सिलगढ़ीमा पूजा परिक्रमाको आयोजन
महापञ्चमीमा विशेष आवश्यकता रहेका 290 बाल-बालिकाहरूका लागि सिलगढ़ीमा पूजा परिक्रमाको आयोजन


सिलगढ़ी, 15 अक्टोबर (हि.स.)। राज्य पर्यटन विभाग

एवं गैरसरकारी संस्था 'उतरण' -ले महापञ्चमीको बिहान दुर्गा पूजाको आनन्द सबैलाई बाँड्ने उद्देश्यले विशेष पहल गरियो। नर्थ बङ्गाल ह्याण्डिक्याप रिहेबिलिटेशन सोसाइटीको सहकार्यमा विशेष आवश्यकतामा रहेका बाल-बालिकाहरूका लागि सिलगढ़ीमा पूजा परिक्रमाको आयोजन गरियो।

कार्यक्रममा लगभग 290 जना बाल-बालिकाहरू र उनीहरूका अभिभावकहरू उपस्थित थिए। उनीहरूका लगि सिलगढ़ी शहरका 14 वटा पूजा पण्डालको दर्शन गर्ने व्यवस्था गरिएको छ। बिहीवार बिहान राज्यका पर्यटन मन्त्री शङ्कर घोष र उतरण संस्थानका प्रतिनिधिहरूले बाघाजातिन पार्कबाट विशेष रूपमा सजाइएका बसहरूलाई हरी झण्डी देखाएर प्रस्थन गराए।

पर्यटन मन्त्री शङ्कर घोषले भने, दुर्गा पूजा व्यक्तिगत खुशी वा क्लबहरूसम्म मात्र सीमित खुशी होइन। विशेष आवश्यकता भएका बच्चाहरू र वृद्धहरूसँग खुशी साझा गर्नाले उत्सवको सार्थतकता पूरा हुन्छ। यसै उद्देश्यले यो पहल गरिएको हो। दिनभरि खाना र मनोरञ्जनसँगै बाल-बालिकाहरूहरूका लागि पूजा पण्डालहरूमा दर्शन गर्ने व्यवस्था पनि गरिएको छ।

शहरका विभिन्न पूजा पण्डालहरूलाई नजिकबाट हेर्ने र साथीहरूसँग चाड़पर्वको आनन्द बाँड़्ने अवसर पाउँदा बाल-बालिकाहरू निकै खुसी देखिन्थे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande