
- नशा तस्करीमाथि रोक लगाउनमा असफल रहेको आरोपहरूबीच पुलिसको कारबाही
मानसा, 15 अक्टोबर (हि.स.)। मादक पदार्थ विरोधी कार्यकर्ता परविन्दर सिंह झोटाको हत्या भएको दुई दिनपछि मानसा सिटी-2 थानाकी प्रभारी इन्स्पेक्टर बेअन्त कौरलाई निलम्बन गरिएको छ। यो कारबाही क्षेत्रमा लागू औषधिको व्यापारलाई रोक्नमा पुलिसको कथित असफलतालाई लिएर भइरहेको विरोध प्रदर्शनबीच गरिएको छ। प्रदर्शनकारीहरूले थाना प्रभारी सहित अन्य पुलिस अधिकारीहरूविरुद्ध कारबाही गर्ने माग गरिरहेका थिए।
मनसका एसएसपी वैभव चौधरीले बिहीवार भने, इन्सपेक्टर बेअन्त कौरलाई तत्काल प्रभावदेखि प्रशासनिक आधारमा निलम्बन गरिएको छ।
यसबीच पुलिसले हत्या प्रकरणमा थप दुई जनालाई सूचीबद्ध गरेको छ जो मुख्य अभियुक्त अश्वनी कुमारको निकटवर्ती रहेको बताइएको छ। तीमध्ये एकजना उसको परिवारको सदस्य पनि हो। पुलिसले मामिलामा विभिन्न पक्षहरूको अनुसन्धान गरिरहेको छ।
यस मामिलामा मुख्य अभियुक्त अश्वनी कुमार सहित दुई जना मानिसहरूलाई पक्राउ गरिसकिएको छ। अभियुक्तको परिवारका सदस्यहरूलाई पनि हिरासतमा लिइएको छ। अश्वनी कुमारको नाममा दुई वटा लाइसेन्सधारी हतियारहरू दर्ता छन्। उनले करिब दुई वर्षअघि हतियारको लइसेन्स बनाएका थिए।
हत्यापछि यस क्षेत्रमा तनाउपूर्ण वातावरण रहेको र लागू औषधिको कारोबारलाई प्रभावकारी रूपमा रोक्न र यसको निम्ति जिम्मेवार मानिसहरूविरुद्ध कडा कारबाही गर्ने माग गरिरहेको छ।
-----------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा