
गुवाहाटी, 15 अक्टोबर (हि.स.)। दुर्गा पूजालाई लिएर गुवाहाटीको रेल नगरी पाण्डु-मालीगाँउँका मानिसहरूमा व्यापक उत्साह छाएको छ। यस क्षेत्रको एउटा लोकप्रिय पूजा मण्डप पाण्डु न्यू कलोनी जयहिन्द क्लब हो जुन सजिएर पूर्ण रूपमा तयार भइरहेको छ। यस वर्ष आफ्नो 80 औँ दुर्गा पूजाको अवसरमा क्लबको पूजा मण्डप एक अद्वितीय थीममा सजाइएको छ। यसपालि 40 लाख रुपियाँको बजटले अयोध्याको राम मन्दिर जस्तै पूजा मण्डप निर्माण गरिएको छ।
राजदीप डेकोरेटर्सका बिप्लव सिन्हा (कालू)- को नेतृत्वमा पश्चिम बङ्गालको एउटा विशेष टोलीले मण्डप निर्माणको काम गरिरहेको छ। यस मण्डपभित्र देवी दुर्गाको 17 फुट अग्लो मूर्ति स्थापना गरिनेछ भने मूर्ति प्रख्यात मूर्तिकार बप्पीले बनाएका हुन्। मण्डप र मूर्तिको सौन्दर्यलाई अझ आकर्षक बनाउनको लागि बापन देद्वारा विशेष त्रि-आयामी (थ्री डी) प्रकाशको व्यवस्था गरिँंदैछ।
समग्र पूजा सञ्चालनका लागि कल्लोल चक्रवर्तीलाई अध्यक्ष, राजा देलाई उपाध्यक्ष र उत्पल दासलाई सचिव बनाउँदै एउटा समिति गठन गरिएको छ।
क्लबका पदाधिकारीहरूले जानकारी गराएका छन्, पूजा अवधि विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। यसको साथै गरीब एवं असहाय मानिसहरूलाई लत्ताकपड़ा अनि महाअष्टमी र महानवमीको दिन दर्शकमा प्रसाद वितरण गर्ने व्यवस्था पनि हुनेछ।
--------
/ बिशाल