
नगाउँ (असम), १५ अक्टोबर (हि.स.)। असमको नगाउँ जिल्लामा सदर र रुपहीहाट पुलिसले संयुक्त अभियान सञ्चालन गरी ठूलो परिमाणमा कोकिन सहित तीन तस्करलाई पक्राउ गरेको छ।
पुलिसले बिहिवार दिएको जानकारी अनुसार, गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको संयुक्त अभियानका क्रममा तीनै आरोपीदेखि १.०२३ किलोग्राम कोकिन जफत गरिएको हो। त्यसपछि पुलिसले उनीहरूलाई पक्राउ गरेको छ।
पक्रा पर्नेहरूमा अशादुल हक, रुफुल उद्दीन र राशेल अख्तर रहेका छन्। जफत गरिएको कोकिनको अनुमानित मूल्य लगभग दुई करोड़ रुपियाँ रहेको पुलिसले जनाएको छ।
यस घटनासम्बन्धमा लागुऔषध तथा एनडीपीएस एक्टका विभिन्न धारा अन्तर्गत प्राथमिकी दर्ता गरिएको छ। पुलिसले पक्रा परेका तीनै जनासँग गहन सोधपुछ गरिरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी