रक्सी सेवनका क्रममा भएको विवादमा साथीको घाँटी थिचेर हत्या
प्रतीकात्मक छवि


नोएडा, १५ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्धनगर जिल्ला अन्तर्गत नोएडाको इकोटेक–३ थाना क्षेत्रबाट बेपत्ता भएका एक व्यक्तिको शव बिहिवार हिंडन नदीको तटबन्ध नजिक फेला परेको छ। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ। अनुसन्धानका क्रममा ती व्यक्तिको साथीले हत्या गरी शव त्यहाँ फालेको खुलेको पुलिसले जनाएको छ।

पुलिस आयुक्तका सञ्चार प्रतिनिधि सुबोध कुमार अनुसार, बिहिवार इकोटेक–३ थानामा एक व्यक्तिले आफ्ना भाइ पवन शर्मा (४०), रमेशचन्द शर्माका छोरा, घर नफर्किएको भन्दै उजुरी दिएका थिए। पवन कुलेसरा गाउँमा बस्दै आएका थिए। उजुरीकर्ताले आफ्ना छिमेकी मनोहरलाल शर्माका छोरा ललित शर्मामाथि शङ्का व्यक्त गरेका थिए।

पुलिसले ललित शर्मालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उसले बुधवार राति पवन शर्मासँग बसेर रक्सी सेवन गरेको बताएको थियो। सोही क्रममा कुनै विषयलाई लिएर दुवैबीच विवाद भएको थियो। आरोपीले पवनको घाँटी थिचेर हत्या गरेपछि लखनावली गाउँ नजिक हिंडन नदीको तटबन्धमा शव फालेको पुलिस समक्ष स्वीकार गरेको जनाइएको छ।

पुलिसले शवलाई पोस्टमार्टमका लागि पठाएको छ। आरोपीसँग थप सोधपुछ भइरहेको र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइएको पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande