
लखनउ, १५ अक्टोबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक सङ्घका सरकार्यवाह दत्तात्रेय होसबाले दुईदिने भ्रमणका लागि उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन्। उनले सङ्घको प्रान्तीय कार्यालय भारती भवनमा आयोजित महत्त्वपूर्ण बैठकमा भाग लिनेछन्।
यस बैठकमा सहभागी हुन पूर्वी उत्तर प्रदेश क्षेत्रका क्षेत्र प्रचारक अनिल, पश्चिमी उत्तर प्रदेशका क्षेत्र प्रचारक महेन्द्र, संयुक्त क्षेत्र प्रचार प्रमुख एवं सङ्घ र सरकारबीच समन्वयको जिम्मेवारी सम्हालिरहेका वरिष्ठ प्रचारक कृपाशङ्करसहित अन्य वरिष्ठ प्रचारकहरूलाई पनि लखनउ बोलाइएको छ।
उत्तर प्रदेशमा आगामी दिनमा हुने विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै यस बैठकलाई निकै महत्त्वपूर्ण मानिएको छ। प्राप्त जानकारीअनुसार, सरकार्यवाहले सरकारको कामकाजको समीक्षा गर्नुका साथै प्रचारकहरूबाट प्रतिक्रिया पनि लिनेछन्।
सङ्घका प्रचारकहरूको बैठकपछि सरकार्यवाह दत्तात्रेय होसबालेले मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि बैठक गर्न सक्ने सम्भावना रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी