
कोलकाता, 16 अक्टोबर (हि.स.)। दुर्गा पूजाको अवधिभरि शहरमा शान्ति, सुरक्षा एवं सुचारू यातायात व्यवस्थालाई कायम राख्नको लागि पुलिस प्रशासनले आफ्नो सतर्कता बढ़ाएको छ। पञ्चमीको अवसरमा पुलिसले विभिन्न डिभीजनमा गहन अभियान चलाएर असामाजिक तत्त्व एवं ट्राफिक नियम उल्लङ्घन गर्नेहरूविरुद्ध कड़ा कारबाही गरिरहेको छ। यसै क्रममा पक्राउसँगसँगै ठूलो सङ्ख्यामा ट्राफिक चलान पनि काटिएको छ।
शुक्रवार बिहान पुलिस प्रशासनद्वारा जारी आधिकारिक तथ्याङ्क अनुसार पञ्चमीको दिन शहरका विभिन्न डिभीजनहरूको पुलिसले द्रुत कारबाही गर्दै 28 जना मानिसहरूलाई पक्राउ गरेको छ। यसबाहेक, अवैध मदिरा (आईडी लिकर)- को बिक्री र सेवनविरुद्ध स़ञ्चालित विशेष अभियान अन्तर्गत 3.6 लीटर अवैध रक्सी पनि जफत गरिएको छ। चाड़पर्वमा कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन पुलिसले निरन्तर गस्ती गरिरहेको छ तथा संदिग्ध गतिविधिहरूमाथि नजर राखिरहेको छ।
सड़कहरूमा सुरक्षित आवागमन सुनिश्चित गर्न ट्राफिक विभागले नियम तोड्ने एवं उपद्रवीहरूमाथि पनि कारबाही गरेको छ। सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ट्राफिक पुलिसले पञ्चमीको राती 334 मामिलाहरूमामा कानुनी कारबाही गरेको छ। सबैभन्दा अधिक मामिला हेलमेट बिनै दुई चक्के वाहन चलाउने मानिसहरूसित सम्बन्धित रहेको छ जसमा 92 जनाविरुद्ध कारबाही गरिएको छ।
यसको साथै द्रूत गति एवं लापरवाहीपूर्वक वाहन चलाएको आरोपमा 65 जनालाई रक्सी पिएर वाहन चलाएको अभियोगमा 61 जना मानिसहरूलाई हिरासतमा लिइएको छ। एउटै बाइकमा तीन जना मानिसहरू सवार भएको आरोपमा 35 जना मानिसहरूविरूद्घ चालान गरिएको छ। यता अन्य ट्राफिक नियमहरूलाई बेवास्ता गरेको आरोपमा 81 वटा मुद्दा दर्ता गरिएको छ।
पुलिसका एकजना अधिकारीले भने, पूजाको समयमा सर्वसाधारणको सुरक्षा सर्वोपरि छ। हुलदङ्गा गर्ने र कानुन तोड्नेहरूविरुद्ध पुलिसको यो कड़ा कारबाही आगामी दिनहरूमा पनि जारी रहनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा