
कोलकाता, 16 अक्टोबर (हि.स.)। दुर्गा पूजाको षष्ठी पर्वको बिहान हुगलीको कामारकुण्डु स्टेशनमा यात्रुहरूले रेल सेवाहरूमा ढिल्याई भएकोमा व्यापक विरोध प्रदर्शन गरे। यसले गर्दा हावड़ा-गया वन्दे भारत एक्सप्रेस लगभग एक घण्टासम्म रोकियो।
रेलवे सूत्र अनुसार अप 22503 कन्याकुमारी-डिब्रुगढ़ विवेक एक्सप्रेस धेरै ढिलो चलिरहेको थियो। रेल अघिल्लो दिनको साँझ कामारकुण्डु स्टेशनमा पुग्नुपर्थ्यो, तर शुक्रवार बिहान 6ः30 बजे त्यहाँ पुग्यो। त्यसपछि पनि रेललाई कामारकुण्डु स्टेशनमा लामो समयसम्म रोकिएको आरोप यात्रुहरूले लगाएका छन्।
त्यसपछि कन्याकुमारी-डिब्रुगढ़ एक्सप्रेसका यात्रुहरूले रेलबाट उत्रेर स्टेशनमा विरोध प्रदर्शन गर्नथाले। यात्रुहरूले रेल लाइनमा उभिएर प्रदर्शन गरे। यात्रुहरूले अप 22303 हावडा-गया बन्दे भारत एक्सप्रेसलाई पनि रोके।
विरोध प्रदर्शनको सूचना पाउनसाथ रेलवे पुलिस अनि अधिकारीहरू घटनास्थलमा पुगे। तथापि विरोध प्रदर्शन लगभग एक घण्टासम्म जारी रह्यो। पछि, अधिकारीहरूले यात्रुहरूलाई विश्वास दिलाएर स्थिति नियन्त्रणमा ल्याए। त्यसपछि अप कन्याकुमारी-डिब्रुगढ़ विवेक एक्सप्रेसलाई राती 8 बजेतिर प्रस्थान गराइयो। यसको चार मिनटपछि राती 8ः04 बजे हावड़ा-गया बन्दे भारत एक्सप्रेसले पनि आफ्नो यात्रा पुनः शुरु गऱ्यो।
पूर्वी रेलवेका प्रमुख जनसम्पर्क अधिकारीले भने, 'विवेक एक्सप्रेस ढिलो चलिरहेको थियो। हाम्रो आफ्नो जोनमा प्रवेश गर्दा पनि रेल ढिलो चलिरहेको थियो। कामारकुण्डु स्टेशनमा रेल रोकिएपछि यात्रुहरूले केही असन्तुष्टि व्यक्त गरे। स्थिति अहिले सामान्य भएको छ।
अर्कोतर्फ अप कन्याकुमारी-डिब्रुगढ़ एक्सप्रेसको ढिल्याई र यात्रु सेवाहरूको सम्बन्धमा गरिएको उजुरीबीच एउटा परिवार रेलबाट उत्रिन बाध्य भए। परिवारको आरोप छ, डानकुनीबाट ट्रेनमा चढ़िसकेपछि कम्पार्टमेन्टको अस्वच्छ वातावरणको कारणले उनीहरू कामारकुण्डु स्टेशनमा उत्रिन बाध्य भए। परिवारले सोही रेलको एस-फोर कोचमा डानकुनीबाट एनजेपी (न्यू जलपाईगुडी)सम्मका लागि आरक्षित टिकट लिएका थिए। यात्रामा जानको सट्टा उनीहरू कामारकुण्डु स्टेशनमै उत्रेर घर फर्किन बाध्य भए।
पूर्वी रेलवेका मुख्य जनसम्पर्क अधिकारीलाई यात्रु परिवार रेलबाट उत्रेको सम्बन्धमा प्रश्न गर्दा उनले भने, यस विषयमा जानकारी लिएर अनुसन्धान गरिनेछ।
/ बिशाल