39 घण्टासम्म जीवनको लड़ाईँ लड़िरहे 9 वर्षीय भोमारामले, देशी उपाय गरेर बाहिर निकालियो,  ज्यान बचाउन सकिएन
देसी जुगाड़


जोधपुर, 17 अक्टोबर (हि.स.)। राजस्थानको फलोदी जिल्लामा बोरवेलमा पसेका 9 वर्षीय भोमारामलाई बचाउने आशा गए शुक्रवार राती त्यसबेला निराशामा परिणत भयो जतिबेला लगभग 39 घण्टासम्म जीवनको लागि सङ्घर्ष गरेपछि उसलाई मृत्त अवस्थामा बाहिर निकालियो। अस्पतालमा पुऱ्याउँदा डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।

भोमारावलाई बचाउनको लागि राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) र राज्य आपदा मोचन बल (एसडीआरएफ)- का टीमहरूले लगातार मासूमलाई बचाउने प्रयास गरिरहेका थिए, तर अन्ततः उसलाई देशी उपाय गरेर बाहिर निकाल्न सकियो।

जानकारी अनुसार गत 15 अक्टोबरको दिउँसो 12ः30 बजे भोमाराम पूनियाको ढानीमा 1,050 फुट गहिरो बोरवेलमा झरेका थिए। उ लगभग 640 फुट गहिराइमा फसेका थिए। घटनाको खबर आएपछि तुरुन्तै उद्धार अभियान शुरु गरियो। बोरवेलमा क्यामरा पसाएर बालकको अवस्थामाथि निगरानी राखिँदैथ्यो। तर 16 अक्टोबरको बिहान क्यामरामा उसको गतिविधि देखिन छोड़्यो। यसबाट उद्धार कार्यमा खटिएका मानिसहरूको चिन्ता बढ्यो।

बालकलाई बाहिर निकाल्ने अभियानमा बोरवेलभित्र फसेको ठूलो ढुङ्गा सबैभन्दा ठुलो चुनौती बन्यो। यो ढुङ्गा भोमारामदेखि लगभग 30 फुटमाथि अड़्किएको थियो। यसले गर्दा उद्धार उपकरण र पाइपहरूलाई तलसम्म पुऱ्याउनमा समस्या भइरहेको थियो। घटना घटेको करिब 34 घण्टापछि स्वदेशी प्रविधिको सहयोगमा ढुङ्गालाई बाहिर निकालियो। त्यसपछि बालकलााई बाहिर निकाल्नको लागि देशी उपाय तयार गर्ने मादाराम र उनको टीमले फलामका पत्तिहरूलाई जोड़ेर एउटा विशेष उपकरण बनायो।

क्यामरामा देखिएको दृश्यको आधारमा यसलाई बोरवेलभित्रको सरंचना अनुरूप आकार दिइयो ताकि तल पस्दा वरपरको माटो र ढाँचामाथि अतिरिक्त दबाव नपरोस्। टीमका सदस्यहरूले जगमाल अनुसार उपकरणलाई बोरवेलभित्र पसाउनको लागि त्यसको चिम्टी जस्तै लक बालकलाई समात्नको लागि बनाइएको थियो। त्यसपछि डोरीको सहयोगले त्यसलाई बिस्तारै माथि तान्ने योजनामा काम गरियो। ढुङ्गालाई हटाइएपछि शुक्रवार अबेर राती यसै तकनिकबाट भीमरावलाई बाहिर निकाल्ने प्रयास गरियो फलस्वरूप अबेर राती

3ः35 बजे उसलाई बोरवेलबाट बाहिर निकालियो।

करिब 39 घण्टा लामो उद्धार अभियानको क्रममा परिवारका सदस्य एवं गाउँलेहरूले बालक सुरक्षित फर्किने आशा गरिरहेका थिए। राती ढिलो बाहिर निका्ले पनि उसलाई तुरुन्तै अस्पताल लगियो, तर डाक्टरले उसलाई मृत घोषित गरिदिए। बालकलाई बचाउनको लागि लामो प्रयास गरिएको भए पनि उसको ज्यान बचाउन सकिएन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande