मणिपुरमा विभिन्न अभियानका क्रममा ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद
मणिपुर में सुरक्षा बल एवं पुलिस के संयुक्त अभियान के दौरान बरामद हथियारों की तस्वीर


मणिपुर में सुरक्षा बल एवं पुलिस के संयुक्त अभियान के दौरान बरामद हथियारों की तस्वीर


इम्फाल, १७ अक्टोबर (हि.स.)। मणिपुर पुलिस र सुरक्षा एजेन्सीहरूले राज्यमा उग्रवादी गतिविधि, लागुऔषध तथा अन्य अपराधविरुद्ध लगातार अभियान सञ्चालन गरिरहेका छन्। यसै क्रममा विभिन्न अभियानमा ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद गरिएको छ।

मणिपुर पुलिस मुख्यालयले शनिबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, गत शुक्रबार काङपोकपी-तामेङलङ अक्षमा पर्ने आईटी रोडको लासन र लाङका क्षेत्रमा मणिपुर पुलिस तथा सीआरपीएफले संयुक्त अभियान सञ्चालन गरेका थिए। उक्त अभियानका क्रममा ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद गरिएको छ। बरामद सामग्रीमा एउटा एसएलआर राइफल, एउटा इन्सास राइफल, एउटा परिमार्जित .३०३ राइफल, एउटा पोम्पी गन, पाँचवटा सिंगल/डबल ब्यारेल बन्दुक तथा विभिन्न प्रकारका गोलीगठ्ठा समावेश छन्।

यसै क्रममा गत बिहीबार इम्फाल पश्चिमको लाम्डेङ माखा लीकाई क्षेत्रमा मणिपुर पुलिसको सीडीओ आईडब्ल्यू टोलीले सञ्चालन गरेको अभियानका क्रममा उग्रवादी संगठन केसीपी (एमएफएल) का एक सदस्य साइचे बायसन कोम (३७) लाई पक्राउ गरिएको थियो। उनी मूलतः मणिपुरको इम्फाल पूर्व जिल्लास्थित लैरोक कोम गाउँका निवासी रहेको बताइएको छ। उनलाई हतियार, गोलीगठ्ठा तथा विस्फोटक सामग्री ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande