हिमगिरी एक्सप्रेस (13042)- मा  नक्कली पुलिसलाई  परिचय पत्रसितै समातियो
फर्जी पुलिस पहचान पत्र के साथ पकड़ा आराेपित रेल यात्री अंकित कुमार


मुरादाबाद, 17 अक्टोबर (हि.स.)। गए शुक्रवार राती हिमगिरी एक्सप्रेस (13042)- मा टिकट जाँच गर्दा टीटीआई रवि मीणाले एकजना यस्ता व्यक्तिलाई समाते जसले कुनै अन्य व्यक्तिको परिचय पत्र प्रयोग गरी पुलिसकर्मी भएको दाबी गर्दै यात्रा गरिरहेको थियो। अभियुक्तलाई मुरादाबाद सरकारी रेलवे पुलिसले मुरादाबाद रेलवे स्टेशनमा उताऱ्यो।

जीआरपी इन्स्पेक्टर रवीन्द्र कुमार वशिष्ठले पक्राउ परेका अभियुक्तविरुद्ध कानुनी कारबाही भइरहेको बताए। अभियुक्तलाई आज (शनिवार) रेलवे मेजिस्ट्रेट समक्ष पेश गरिनेछ।

जाँचबुझमा ती व्यक्तिको पहिचान हरदोई निवासी अङ्कित कुमारको रूपमा भएको छ। उसले कुलदिप कुमारको परिचय पत्र प्रयोग गरेर रेलमा वैध टिकट बिनै यात्रा गरिरहेको अनुसन्धानबाट थाहा लागेको थियो। आफू पक्रा पर्नसक्ने शङ्का लागेपछि उसले उक्त परिचय पत्रलाई च्यातेर रेल बाहिर फालिदिो। पछि आरपीएफ/जीआरपीको सहयोगमा उक्त व्यक्तिको लगभग 900 रुपियाँको टिकट बनाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande