औरैया रेलवे क्रसिङ्गमा दुर्घटना, अमृत भारत एक्सप्रेसको चपेटमा परी मामा-भाञ्चाको मृत्यु
फोटो। रेलवे स्टेशन की फोटो


औरैया, 17 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको औरैया जिल्ला अन्तर्गत अछल्दा रेलवे स्टेशनको पूर्वी क्रसिङग 13-बीमा शनिवार बिहान दुर्घटना भयो। बिहान 6ः20 बजे दिल्ली-हावड़ा रेल मार्गमा अमृत भारत एक्सप्रेसको चपेटमा परी दुई जना युवकहरूको घटनास्थलमै मृत्यु भयो। घटनापछि उक्त क्षेत्रमा कोकोहोलो फैलियो। सूचना पाएर रेलवे पुलिस घटनास्थलमा पुग्यो अनि घटनाको अनुसन्धान शुरु गऱ्यो।

प्रारम्भिक जानकारी अनुसार ती युवकहरू इटावादेखि कानपुर सेन्ट्रल गइरहेको मेमू ट्रेनबाट उत्रिएपछि रेलवे क्रसिङ्ग तर्फ गइरहेका थिए। यसैबीच अप लाइन पार गर्दा उनीहरू द्रुत गतिमा आइरहेको अमृत भारत एक्सप्रेसको चपेटमा परे। यस भयानक ठक्करमा दुवैको घटनास्थलमै मृत्यु भयो।

दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान राजु, पुत्र जयवीर सिंह, मूल निवासी नागला रामलाल, रायपुर फकुन्द तथा उसको मामा कृष्ण, पुत्र दीपचन्द, निवासी रेजुआ, एटाको रूपमा गरिएको छ। घटनापछि दुवैजना परिवारमा शोक व्याप्त भयो।

मृतक राजुकी आमाले भनिन्, राजु र उनका मामा कृष्ण सुरतमा काम गर्थे। राजु अस्वस्थ थिए। त्यसैले उनका मामा उनलाई घर छोड्न आउँदै थिए। दुवैजना घर पुग्नुअघि नै यो दुःखद दुर्घटना भयो।

घटनाको जानकारी पाएपछि रेलवे पुलिस घटनास्थलमा पुग्यो अनि घटनाको जाँच गर्न शुरू गऱ्यो

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande