
गान्तोक, 18 अक्टोबर (हि.स.)। भारत सरकारको जीवन्त ग्राम कार्यक्रम १ अन्तर्गत १३औँ वाहिनी, भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) द्वारा सिक्किमका सीमावर्ती गाउँहरूमा राष्ट्रिय रक्षा विश्वविद्यालय, अहमदाबादका विद्यार्थी तथा प्राध्यापकहरूका लागि अभ्यासमूलक भ्रमण आयोजना गरियो।
भ्रमणका क्रममा सहभागीहरूलाई सीमावर्ती क्षेत्रको विकास, जनकेन्द्रित प्रहरी सेवा तथा सुरक्षा व्यवस्थापनसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरियो। यस अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय रक्षा विश्वविद्यालयका विद्यार्थी तथा आईटीबीपीका जवानहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आपसी सद्भाव, सांस्कृतिक एकता र भाइचाराको सन्देश दिएका थिए।
कार्यक्रमको समापनपछि १३औँ वाहिनी, आईटीबीपीका कमान्डिङ अफिसर राजेन्द्र सिंह राजपूतले राष्ट्रिय रक्षा विश्वविद्यालयबाट आएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मानित गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल