कोलाघाटमा बाइक र स्कुटी आपस्तमा ठोक्किँदा तीन जनाको मृत्यु, तीन जना घाइते
दुर्घटना सांकेतिक


कोलकाता, 18 अक्टोबर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको कोलाघाट थाना अन्तर्गत मेचेदाको शान्तिपुरमा हल्दिया-मेचेदा राज्य सड़कमा बाइक र स्कुटीमाझ भएको भिड़न्तमा तीन जना मानिसहरूको मृत्यु भयो भने अन्य तीन जना घाइते भए। घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। यो दुर्घटना गए शनिवार राती शान्तिपुर बस स्टप नजिकै दुर्घटना भएको हो।

दुर्गा पूजा प्रतिमा दर्शन गर्नको लागि हिँड़ेका बाइक र स्कटी सवारहरू यस दुर्घटनाको शिकार भए। राती अँध्यारोमा दुई वाहनबीच भयानक ठक्कर भयो जसबाट बाइक र स्कुटी पूर्ण रूपमा क्षतिग्रस्त भयो। दुर्घटनापछि स्थानीयहरूले तुरुन्तै राहत एवं उद्धार कार्य शुरु गरे।

सूचना पाएपछि कोलाघाट थानाको पुलिस घटनास्थलमा पुग्यो। त्यसपछि पुलिस र स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई बाहिर निकालेर मेचेदाको नर्सिङ्ग होममा भर्ना गरियो जहाँ उनीहरूको उपचार भइरहेको छ। घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ।

मृतकहरूको पहिचान सुजित मेट्या (20), विश्वजित कर्माकर (19) र अर्घ्य मण्डल (20)- को रूपमा भएको छ। सुजित र विश्वजित पूर्व मेदिनीपुर जिल्लाको नन्दकुमार पुलिस थाना अन्तर्गत श्रीकृष्णपुरका बासिन्दा थिए भने अर्घ्य कोलाघाट पुलिस थाना अन्तर्गत रामचन्द्रपुरकी बासिन्दा थिइन्। पुलिसले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा परेका बाइक र स्कुटी सवारमध्ये कसैले पनि हेलमेट लगाएका थिएनन्।

दुर्घटनापछि हल्दिया-मेचेदा राज्य सड़कमा केही समयको लागि यातायात अवरुद्ध भयो। पछि पुलिसले स्थितिलाई नियन्त्रित गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande