कोलकाताको दुर्गापूजा पण्डालमा भएको भागदौडको घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
कोलकाताको दुर्गापूजा पण्डालमा भएको भागदौडको घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त


गान्तोक, १८ अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले कोलकाताको चोरबगान सार्वजनिक दुर्गापूजा पण्डालमा भएको भागदौडजस्तो दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले उक्त घटनामा अमूल्य जीवनहरू गुमाउनुपरेको खबरले आफू स्तब्ध र मर्माहत भएको आज सामाजिक सञ्जालमार्फत बताएका छन्।

मुख्यमन्त्री तामाङले शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते भएका सबैको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभका लागि प्रार्थना गरेका छन्। उनले यस दुःखद घटनाबाट प्रभावित सबैप्रति आफ्नो विचार र प्रार्थना समर्पित गर्दै यो समय अत्यन्तै पीडादायी रहेको उल्लेख गरेका छन्।

उनले माता दुर्गासँग दिवङ्गत आत्माहरूलाई चिरशान्ति प्रदान गर्न तथा अपूरणीय क्षति बेहोरेका शोकसन्तप्त परिवारहरूलाई यस दुःखको सामना गर्न शक्ति, साहस र धैर्य प्रदान गर्न प्रार्थना गरेका छन्।

उल्लेखनीय छ, कोलकाताको चोरबगान सार्वजनिक दुर्गापूजा पण्डालमा भएको भागदौडको घटनामा अहिलेसम्म 18 जनाको मृत्यु भएको छ भने 25 भन्दा धेरै घाइते भएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande