
नोएडा, १८ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको नोएडामा साइबर अपराधीहरूलाई ब्यांक खाता उपलब्ध गराउने एक आरोपीलाई साइबर अपराध थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेको आरोपी विरुद्ध देशका १३ राज्यमा मुद्दा दर्ता छन्।
अपर पुलिस उपायुक्त मनीषा सिंहले आइतवार जानकारी दिँदै गत राति प्राप्त सूचनाका आधारमा साइबर अपराध पुलिसले मोहम्मद नवाबका छोरा मोहम्मद समीरलाई पक्राउ गरेको बताइन्। उनी अनुसार, आरोपीले साइबर अपराधीहरूलाई म्युल खाता उपलब्ध गराउने काम गर्थो। यसै मामिलामा उसका अन्य तीन जना साथीलाई यसअघि नै पक्राउ गरिसकिएको छ।
एडीसीपीले बताए अनुसार, पक्राउ परेको आरोपी विरुद्ध महाराष्ट्र, आन्ध्र प्रदेश, बिहार, हरियाणा, केरल, दिल्ली, गुजरात, तेलङ्गाना, उत्तर प्रदेश, राजस्थान, तमिलनाडु, झारखण्ड र कर्नाटक सहित देशका विभिन्न राज्यमा ३३ भन्दा बढ़ी मुद्दा दर्ता छन्।
/ बिशाल