
खरसाङ, 18 अक्टोबर (हि.स.)। खरसाङ खण्डभरि आयोजना गरिएका दुर्गा पूजाहरूमध्ये तीनधारेको बीस माइलस्थित उत्तरकेसी सिंहदेवी मन्दिरमा चलिरहेको श्री नवदुर्गा भवानी दुर्गा पूजा समारोह समितिले शरद स्वास्थ्य सुरक्षा सम्मान २०२६ मा प्रथम पुरस्कार प्राप्त गरेको छ।
गत १२ अक्टोबर षष्ठीका दिन मूर्ति स्थापना गरी शुरु गरिएको उक्त दुर्गा पूजा आगामी २० अक्टोबर दशमीका दिनसम्म चल्नेछ। यस पूजामा मुख्य पुजारीका रूपमा कीर्तन शर्मा रहेका छन्।
वार्षिक रूपमा आयोजना गरिँदै आएको यस दुर्गा पूजामा दार्जिलिङ जिल्ला पुलिसको निर्देशनमा विभिन्न जनचेतनामूलक विषय समेटिएका पोस्टरहरू पनि प्रदर्शन गरिएको छ।
यस पूजासम्बन्धी विस्तृत जानकारी आयोजक समितिका सदस्य दीपाराज माझीले दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक