
बहराइच, १८ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको बहराइच जिल्लाको फखरपुर थाना क्षेत्र अन्तर्गत पटेशिया बजारमा रहेको मल, बीउ तथा कीटनाशक पसलबाट पुलिसले शनिवार राति ११९.६६८ किलोग्राम पटाका जफत गरेको छ। पसलमा पटाका भण्डारण तथा बिक्री भइरहेको सूचनाका आधारमा पुलिसले छापा मारेको थियो। घटनास्थलबाट विभिन्न प्रकारका पटाकाका सामग्री जफत भएपछि पसल सञ्चालकलाई पक्राउ गरिएको छ।
थानाध्यक्ष रामकुमार राजभरले आइतवार जानकारी दिँदै पक्रा परेको आरोपी मोहम्मद सिराज सिद्दिकी उर्फ पप्पु सिद्दिकी आमिर अलीका छोरा रहेको र उनी रानीपुर थाना क्षेत्रको अचौलियाका बासिन्दा भएको बताए। पुलिसले पसलमा तलासी लिने क्रममा पाँच वटा बोरा र पाँच वटा कार्टुनमा राखिएका पटाका जफत गरेको छ। यस बाहेक साना तथा ठूला बट्टामा राखिएका फूलझरी, चर्खी, सुतली पटाका, रकेट, अनार, महताब तथा आकाशमा पड़काइने पटाकाका सामग्री पनि फेला परेका छन्। आरोपीले पटाका भण्डारण तथा बिक्री सम्बन्धी कुनै वैध कागजात प्रस्तुत गर्न सकेनन्।
बोरा तथा कार्टुन सहित जफत गरिएका पटाकाका सामग्रीको कूल तौल ११९.६६८ किलोग्राम रहेको बताइएको छ। आरोपी विरुद्ध विस्फोटक अधिनियम, १८८४ को धारा ९बी तथा भारतीय न्याय संहिता (बीएनएस) को धारा २८८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पक्रा परेको आरोपीलाई जेल पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी