मण्डपमा सेल्फी र भिडियो बनाउनमाथि प्रतिबन्ध, दुर्गोत्सव फोरमले जारी गऱ्यो 10 वटा निर्देशन
सांकेतिक छवि


कोलकाता, 19 अक्टोबर (हि.स.)। उत्तर कोलकाताको चोरबगान सार्वजनिक दुर्गा पूजा मण्डपमा भागदौड़जस्ता स्थितिमा 19 जना मानिसहरूको मृत्यु भएपछि कोलकाताका दुर्गा पूजा आयोजकहरू सतर्क भएका छन्। प्राप्त जानकारी अनुसार गए आइतवार नेताजी इण्डोर स्टेडियममा दुर्गा पूजा समितिहरूसँग फोरम फर दुर्गोत्सवको बैठक भएको थियो। बैठकमा स्पष्ट रूपमा भनियो, पूजा मण्डपभित्र सेल्फी खिच्न र भिडियो बनाउन निषेध गरिनुपर्छ। यसको साथै फोरमले पूजा समितिहरूका लागि 10 वटा महत्वपूर्ण निर्णय गरेको छ। आयोजकहरूले बताए, यी निर्णयहरूको उद्देश्य दर्शनार्थीहरूको सुरक्षा सुनिश्चित गर्नु हो।

दिशानिर्देशमा भनिएको छ, प्रत्येक पूजा मण्डपको प्रवेशद्वारमा स्वयंसेवक वा क्लबको सदस्यको उपस्थिति अनिवार्य हुनेछ। भीड़लाई नियन्त्रण गर्ने र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्ने उनीहरूको जिम्मेवारी हुनेछ। यस काममा कुनै कमी हुनु हुँदैन। प्रत्येक क्लबलाई 10 वटा रेनकोट राख्न पनि निर्देशन दिइएको छ। यी रेनकोटको खर्च फोरम फर दुर्गोत्सवले वहन गर्नेछ। वर्तमान अवस्थालाई ध्यानमा राख्दै क्लबको ब्याज लगाएर अन्य पूजा मण्डपमा घुम्न पनि प्रतिबन्ध लगाइएको छ। त्यस्ता सदस्यहरूलाई आफ्नै क्षेत्रमा बस्ने आग्रह गरिएको छ।

पूजा मण्डपभित्र सेल्फी लिन वा भिडियो बनाउन निषेध गरिने फोरमले स्पष्ट पारेको छ। पूजा समितिहरूले लाउडस्पीकर मार्फत आगन्तुकहरूलाई निरन्तर यो घोषणा गर्नुपर्नेछ। सड़कहरूमा खाल्डो खन्नदेखि पनि रोक लगाइएको छ। यदि सड़कहरूमा खाल्डो परेको छ भने त्सलाई चाँड़ै पूर्णेनिर्देश दिइएकोछ। फोरमले प्रत्येक जोनमा एम्बुलेन्सको व्यवस्था पनि गरिरहेको छ।

पूजाको सञ्चालन सुरक्षा एवं कानुन व्यवस्थालाई कायम राख्नको लागि फोरमले प्रशासनसँग मिलेर काम गर्ने सन्देश दिएको छ। पूजा समितिहरूलाई पनि यस सन्दर्भमा सक्रिय रहने आग्रह गरिएको छ। यसका साथै मुख्यमन्त्रीको निर्देश अनुसार हरेक क्लबलाई वाकी-टकी राख्ने अनुरोध गरिएको छ। कुनै पनि पूजा समितिले रक्तदान शिविर आयोजना गर्न चाहेको खण्डमा सबै प्रकारको सहयोग गरिने पनि फोरमले जनाएको छ।

विशेष गरी, पुलिस र चोरबगान सार्वजनिक पूजा समितिको सूत्र अनुसार गत शनिवार साँझ कोलकातामा भारी वर्षा भइरहेको थियो। सडकमा भारी ट्राफिक थियो। यसै अवधि अचानक कोकोहोलो मच्चियो। मानिसहरू वर्षादेखि बच्नका लागि पूजा मण्डपभित्र प्रवेश गर्ने प्रयास गरे। यसै समयमा भागदौड जस्तो अवस्था उत्पन्न भयो। यस घटनामा 19 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande