ग्वार-गम कारखानामा मध्यराती आगलागी, मजदुरहरू बलिरहेको आगोबाट ज्यान बचाएर भागे
मलबा हटाती जेसीबी।


पाली, 19 अक्टोबर (हि.स.)। औद्योगिक क्षेत्रको फोर्थ फेजमा गए आइतवर राती ग्वार-गम कारखानामा ठूलो आगलागी भयो।

सारड़ा बायो पोलिमर्स कारखानामा राती 11ः30 बजेतिर आगलागी भएको हो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो। मजदुरहरू आफ्नो ज्यान बचाउन आगोबीचबाट भागे।

प्रत्यक्षदर्शी अनुसार केही कामदार जलेको लुगा लिएर 'बचाओ-बचाओ' भन्दै कारखानाबाट बाहिर निस्किए। दुर्घटनामा तीन जना मजदुरहरू गम्भीर घाइते भएका छन् भने अन्य दुई जना भित्र फसेको आशङ्का गरिएको छ।

जानकारी अनुसार दुर्घटना हुँदा कारखानामा 17 जना कामदारहरूले काम गरिरहेका थिए। प्रारम्भिक रिपोर्टले आगलागीको सम्भावित कारण लिफ्टमा सर्ट शर्किट भएको अनुमान गरेको छ। आगो तीव्र गतिमा फैलिएको कारण मजदुरहरूले आफूलाई बचाउने मौका पनि पाएनन्।

तीमध्ये 12 जना मजदुर कुनै प्रकारले बाहिर निस्केर आफ्नो ज्यान बचाउन सफल भए भने विक्की (19), अवधेश कुमार (40) र राजु (28) गम्भीर घाइते भएका छन्। तीनै जना करिब 70 प्रतिशत जलेको बताइएको छ। उनीहरूलाई तत्कालै बाणगढ अस्पतालमा लगियो जहाँबाट प्राथमिक उपचारपछि जोधपुर पठाइयो।

कारखानामा आगलागी भएपछि त्यस क्षेत्रमा आतङ्क फैलियो। आगो लागेको देखेर ठूलो सङ्ख्यामा मानिसहरू घटनास्थलमा भेला भए।

गुरुनगरका बासिन्दा रवि र महेन्द्रले बताए, उनीहरू सजावटको काम गर्छन् र आगलागीको सूचना पाउनसाथ उनीहरू घटनास्थलमा पुगे जहाँ केही युवाहरू जलेको अवस्थामा फेला परेका थिए। एम्बुलेन्सलाई जानकारी दिएपछि उनीहरूले घाइतेहरूलाई आफ्नो कारमा बाङ्गड़ अस्पताल पुर्याए।

यसरी नै वार्ड-54 का काउन्सिलर प्रतिनिधि गोपाल पँवारले बताए, उनीहरू नजिकैको गरबा पण्डालमा उपस्थित थिए। कारखानामा आगलागी भएको जानकारी पाएपछि उनीहरू घटनास्थलमा पुगे जहाँ दुई युवक नराम्ररी जलेको अवस्थामा सड़कमा फेला परेका थिए। उनीहरूलाई तत्कालै अस्पताल लगियो।

आगोको भयावहताको अनुमान यसैबाट लगाउन सकिन्छ कि पाली सहित सोजत, रानी, फालना र सुमेरपुरबाट फायर टेन्डरलाई बोलाउनु पऱ्यो। दमकलकर्मीहरूले घटनास्थलमा पुगेर आगो निभाउने प्रयास शुरु गरे। करिब साढे चार घण्टाको प्रयासपछि सोमवार बिहान 4 बजेभित्रमा आगोलाई नियन्त्रणमा लिइएको थियो। यस अवधिमा करिब आठ वटा फायर इञ्जिनले 55 राउण्ड बनाएर आगो निभाउनमा योगदान दियो।

घटनाको खबर पाएपछि एएसपी दिनेश कुमार, सीओ अरुण कुमार, तहसीलदार राधेश्याम शर्मा र स्टेशन इन्स्पेक्टर सत्येन्द्र कुमार पुलिस एवं पीएसी लिएर घटनास्थलमा पुगे। आगलागीको कारणले कारखानामा राखिएको सामान र ट्रयाक्टर ट्राली पनि जलेको छ।

कारखाना परिसरमा ठूला ग्यास सिलिण्ड राखिएको थियो। भाग्यवस, आगो त्यहाँसम्म पुग्न सकेन। आगो सिलिण्डरसम्म फैलिएको भए दुर्घटना अझ गम्भीर हुन सक्थ्यो। आगो निभाएपछि कारखानाको भग्नावशेष निकाल्न जेसीबीलाई प्रयोग गरियो। भित्र फसेको आशङ्का भएका कामदारहरूको खोजी गर्न भग्नावशेषलाई हटाइँदैछ।

कारखाना आगो निभाउने प्रणालीले सुसज्जित थियो, तर अचानक आगलागी हुँदा तथा मजदुरहरू आफ्नो ज्यान बचाउन भागेका कारण यसलाई प्रयोग गर्न सकिएन। पछि जेसीबीले भित्ता तोड्दै गर्दा पाइप पनि फुट्यो। घटनापछि कारखानाको सुरक्षा व्यवस्था एवं आगलागीको वास्तविक कारणबारे प्रश्न उठेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande