लालकृष्ण आडवाणीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालबाट डिस्चार्ज गरियो
भाजपा के वरिष्ठ नेता लालकृष्ण आडवाणी (फाइल फोटो)


नयाँ दिल्ली, १९ अक्टोबर (हि.स.)। पूर्व उपप्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई सोमवार इन्द्रप्रस्थ अपोलो अस्पतालबाट डिस्चार्ज गरिएको छ।

यसअघि अस्पतालले आफ्नो स्वास्थ्य बुलेटिनमा लालकृष्ण आडवाणी सघन उपचार कक्ष (आईसीयू) मा भर्ना रहेको, उनको अवस्था स्थिर रहेको र चिकित्सकहरूको कड़ा निगरानीमा उपचार भइरहेको जानकारी दिएको थियो।

९८ वर्षीय आडवाणीलाई छातीमा सङ्क्रमण भएको गुनासोपछि १६ अक्टोबरमा इन्द्रप्रस्थ अपोलो अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखिएको थियो र न्युरोलोजी विभागका वरिष्ठ परामर्शदाता डा. विनीत सूरीको निगरानीमा उपचार भइरहेको थियो। आडवाणी शीघ्र स्वस्थ भएपछि उनका समर्थकहरूले राहत व्यक्त गरेका छन्।

सन् १९८० मा भाजपाको गठन भएदेखि आडवाणी पार्टी अध्यक्ष पदमा सबैभन्दा लामो समयसम्म रहने नेता हुन्। उनी सन् १९८६ देखि १९९१ सम्म, सन् १९९३ देखि १९९८ सम्म र सन् २००४ देखि २००५ सम्म भाजपा अध्यक्ष रहेका थिए। आडवाणी भाजपाको पूर्ववर्ती सङ्गठन भारतीय जनसङ्घका अध्यक्ष समेत रहेका थिए। अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको सरकारमा उनी गृहमन्त्री र जून २००२ देखि मई २००४ सम्म उपप्रधानमन्त्री पनि रहेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande