
इम्फाल, १९ अक्टोबर (हि.स.)। मणिपुरको इम्फाल पूर्वी र काङ्पोक्पी जिल्लाको सीमाक्षेत्र नजिक सोमवार बिहान संदिग्ध हतियारधारी आक्रमणकारीहरूले हमला गरेका छन्। यस घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
यो घटना सोमवार बिहान लगभग ९:४० बजी नोङ्शुम, खोङ्गबल थाङ्खुल क्षेत्रमा भएको हो। प्राप्त जानकारी अनुसार, पीड़ितहरू पहाड़ी क्षेत्रमा दाउरा सङ्कलन गर्न गएका बेला उनीहरूमाथि हमला गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि इम्फालको एक अस्पतालमा भर्ती गरिएको छ। हमलाको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीहरू घटनास्थलमा पुगे र क्षेत्रमा आवश्यक कारबाही शुरु गरे। यद्यपि, हमलाको कारण र यसमा संलग्न व्यक्तिहरूको पहिचानबारे तत्काल कुनै जानकारी प्राप्त हुन सकेन।
घटनापछि स्थानीय मानिसहरूमा आक्रोश फैलिएको छ। उनीहरू सड़कमा उत्रिएर हमला र हत्याको विरोधमा प्रदर्शन गर्दै दोषीहरू विरुद्ध कारबाही गर्न माग गरेका छन्।
मणिपुरमा साल २०२३ को मई महिनामा जातिय हिंसा शुरु भएदेखि विभिन्न क्षेत्रमा छिटपुट हिंसात्मक घटनाहरू भइरहेका छन्। पछिल्लो हमलाले राज्यको सुरक्षा व्यवस्थालाई लिएर पुनः चिन्ता बढ़ाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी