
लखनऊ, 19 अक्टोबर (हि.स.)। उत्तर प्रदेशका उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले सोमवार महानवमीको शुभ अवसरमा राज्यका जनतालाई हार्दिक बधाई र शुभकामना दिएका छन्। उनले राज्यका सबै नागरिकहरूको जीवनमा सुख, शान्ति, समृद्धि र कल्याण कायम राख्न माँ दुर्गाको नवौँ रूप माँ सिद्धदात्रीसित प्रार्थना गरे।
उप-मुख्यमन्त्री केशव प्रसाद मौर्यले भने, माँ सिद्धिदात्री सबै सिद्धिकी संरक्षक हुन् र आफ्ना भक्तहरूको इच्छा पूरा गर्छन्। महानवमीको पर्वले हामीलाई श्रद्धा, भक्ति, सेवा, त्याग र समाजप्रतिको कर्तव्य पालन गर्न प्रेरित गर्दछ। उनले माँ सिद्धदात्रीको कृपाले हरेक घरमा समृद्धि ल्याउने अनि राज्य निरन्तर प्रगतिको मार्गमा अघि बढ्ने कामना गरे।
पर्वहरूले हाम्रो सांस्कृतिक सम्पदा, सामाजिक सद्भाव एवं आपसी सद्भावलाई बलियो बनाउने उप-मुख्यमन्त्रीले बताए। यस्ता शुभ अवसरमा हामीले गरीबलाई सहयोग गर्ने, महिलाको सम्मान र सुरक्षालाई प्राथमिकता दिने अनि समाजका कमजोर वर्गको जीवनमा सकारात्मक परिवर्तन ल्याउने वाचा गर्नुपर्छ।
उनले विकास तथा जनकल्याण योजनाको लाभ समाजका अन्तिम व्यक्तिसम्म पुग्ने सरकारको संकल्प रहेको बताए। महानवमीको अवसरमा उनले राज्यका सबै जनतालाई सुखी, स्वस्थ र समृद्ध जीवनको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा