विष्णुदेव सायले नितिन नवीनसँग भेट गरे
विष्णु देव साय ने की  नितिन नवीन से मुलाकात


नयाँ दिल्ली, 0२ अक्टोबर (हि.स.)। छत्तीसगढ़का मुख्यमन्त्री विष्णुदेव सायले शुक्रवार भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग उनको निवासमा शिष्टाचार भेट गरेका छन्।

सूत्रहरू अनुसार, भेटका क्रममा मुख्यमन्त्री सायले छत्तीसगढ़मा सञ्चालन भइरहेका विकास कार्य, जनकल्याणकारी योजना तथा सुशासनका पहलहरूबारे जानकारी साझा गरे। उनले प्रदेशका विभिन्न क्षेत्रमा भइरहेको विकास, रोजगारीका अवसर तथा जनहितसँग सम्बन्धित योजनाको प्रगतिबारे पनि जानकारी गराए।

यस अवसरमा मुख्यमन्त्रीले बस्तर सहित प्रदेशका सबै क्षेत्रमा विकासलाई गति दिन भइरहेका प्रयासबारे पनि छलफल गरे। दुवै नेताबीच प्रदेशको विकास तथा संगठनसँग सम्बन्धित विभिन्न विषयमा विचार–विमर्श भयो।

उल्लेखनीय छ, बिहिवार छत्तीसगढ़ र ओडिशाबीच लामो समयदेखि जारी महानदी जल विवाद समाधानको दिशामा कर्तव्य भवनमा केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको थियो। बैठकमा छत्तीसगढ़का मुख्यमन्त्री विष्णुदेव साय र ओडिशाका मुख्यमन्त्री मोहन चरण माझी सहभागी भएका थिए। बैठकमा दुवै राज्यले आ–आफ्नो पक्ष प्रस्तुत गर्दै विवादको सौहार्दपूर्ण समाधानका लागि प्राविधिक वार्ता जारी राख्न सहमति जनाएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande